देश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना असिस्टेन्ट सबइन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–१४ नम्बर वडा कार्यालयमा कार्यरत विजयालक्ष्मि पन्त छन् ।
टंगालबाट खटिएको टोलीले गरेको स्टिङ अप्रेसनमा घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराएबापत २५ हजार घुस लिइसकेपछि पन्तलाई रकमसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
उनलाई चन्द्रागिरि–११ सतुङ्गलस्थित एक खाजा पसलबाट नियन्त्रणमा लिइएको हो ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० २०:३८
प्रतिक्रिया दिनुहोस्