विदेश
काठमाडौं । भारतको मुम्बई विमानस्थलबाट झन्डै साढे तीन किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । मुम्बई राजस्व विभागले केन्याबाट आएकी बेलायती नारिक ४० वर्षीया साहरा मोहम्मद ओमारलाई पक्राउ गरेको हो ।
सुनको बजार मूल्य झन्डै एक करोड ६३ लाख भारु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रिपोर्टका अनुसार उनले सुन भित्री वस्त्रमा लुकाएर ल्याएकी थिइन् ।
उनका वकिलले उनलाई भारतको कानुनबारे जानकारी नभएको बताएका छन् । उनी हाल हिरासतमा छिन् ।
इन्डियन एक्सप्रेसबाट ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १९:२६
प्रतिक्रिया दिनुहोस्