site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हस्तकला ग्राम स्थापनासम्बन्धी विधेयक प्रदेशसभामा पेस गरिने

काठमाडौं । वाग्मती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले हस्तकला ग्राम स्थापनासम्बन्धी विधेयक प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौँडामा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले चलचित्र विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको वाग्मती प्रदेशका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

यी हुन् बैठकका निर्णयहरू

१. संगठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने ।

Global Ime bank

२. प्रदेश सुशासन केन्द्र (स्थापना तथा कार्य सञ्चालन) आदेश २०७७ संशोधन गर्ने ।

३. प्रदेश प्रशिक्षण प्रतिष्ठान विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

४. हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक २०८० प्रदेश सभामा पेस गर्ने ।

५. चलचित्र विधेयक तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu