site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
गत हप्ता अस्ट्रेलिया गएका विमल एनएसएल खेल्न नेपाल फर्किने

काठमाडौं । गत शुक्रबार अस्ट्रेलिया उडेका नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड विमल घर्तीमगर नेपाल सुपर लिग (एनएसएल) खेल्न नेपाल फर्किने भएका छन् ।

विमलले सोमबार सामाजिक सञ्जालमार्फत आफू एनएसएलका लागि नेपाल फर्किने जनाएका हुन् । विमलले चितवन एफसीबाट एनएसएल खेल्नेछन् । सामाजिक सञ्जालमा एक पोस्टमार्फत विमलले चितवनले आफूलाई ‘आइकोनिक प्लेयर’को रुपमा टिममा राख्दै खेल्ने मौका दिएको धन्यवाद व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

विमलले सामाजिक सञ्जालमा लेखेका छन्, “जिन्दगीमा अनेकौँ उत्तरचढाव आउँछन् । उमेरको बड्दो क्रमसँगै जिम्मेवारी र व्यावहारिकपन पनि बढ्ने रहेछ । त्यसैक्रममा आफ्नो र परिवारको उज्ज्वल भविश्य बनाउनको निम्ति आफ्नो प्राणप्यारो देशप्रतिको माया र लगावलाई एकछिन थाँती राखेर अष्ट्रेलिया आउने निधो गरेँ । तर पनि मलाई माया गरेर पुनः मलाई आउँदै गरेको नेपाल सुपर लिगमा आइकनिक प्लेयरको रुपमा फेरि पनि आफ्नो माटोमा खेल्ने सुवर्ण मौका दिनुभएकोमा चितवन एफसीलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । यो अवसर सिर्जना गरिदिनु हुने आदरणीय व्यक्तित्वलगायत मेरा सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक नमन टक्र्याउन चाहन्छु । जय नेपाल, जय नेपाली फुटबल ।”

यसअघि, उनलाई ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । तर, विमल सम्झौता रद्द गर्दै गत शुक्रबार अस्ट्रेलिया उडेका थिए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro