site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोभिडविरुद्ध एमआरएनए खोप बनाउने वैज्ञानिकले पाए नोबेल पुरस्कार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सन् २०२३ को 'फिजियोलोजी तथा मेडिसिन'तर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिकले पाएका छन् ।

न्युक्लियोसाइड बेस परिमार्जन गर्दै कोभिड–१९ विरुद्ध प्रभावकारी एमआरएनए खोप विकासलाई सक्षम बनाएकोमा क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई नोबेल पुरस्कार प्रदान गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

नोबेल फाउन्डेसनले सामाजिक सञ्जाल ट्विटरमार्फत दुवै जनालाई पुरस्कार प्रदान गरिएको जानकारी दिएको छ ।

नोबेल पुरस्कार समितिले आधुनिक समयमा मानव स्वास्थ्यको सबैभन्दा ठूलो खतराका बेला खोप विकासमा अभूतपूर्व योगदान दिएकोमा उनीहरूलाई पुरस्कार दिइएको बताएको छ ।

Global Ime bank

परम्परागत खोपमा जुन भाइरसविरुद्धको हो, सोही भाइरसको कमजोर स्वरूप प्रयोग हुने गर्छ ।एमआरएनए खोपमा सामान्यतया भाइरसको बाहिरी झिल्लीमा पाइने प्रोटिनको सानो टुक्रालाई प्रयोग गरिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement