site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इन्डोनेसियाले सञ्चालनमा ल्यायो बीआरआईअन्तर्गतको हाई–स्पिड रेल सेवा

काठमाडौं । इन्डोनेसियाले आफ्नो पहिलो हाई–स्पिड रेलवेको उद्घाटन गरेको छ । चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गतको सहयोगमा निर्मित यो रेलवे ७.३ अर्ब अमेरिकी डलरको योजना हो ।

इन्डोनेसियाको राजधानी जकार्तालाई त्यहाँको प्रमुख आर्थिक हब बान्डुङसँग जोड्ने रेल सेवाको उद्घाटन राष्ट्रपति जोको विडोडोले गरेका हुन् । यो रेलवेको नाम हूश अर्थात् इन्डोनेसियाली भाषामा समय बचत र भरपर्दो भन्ने राखिएको छ ।

Dabur Nepal
NIC Asia

राष्ट्रपति विडोडोले देशको गम्भीर ट्राफिक जाम कम गर्न हूश जस्ता परियोजनालाई प्राथमिकता दिएका छन् । सन् २०१९ मै सञ्चालनमा ल्याउने लक्ष्य रहेको यो रेलवे कोभिड–१९ महामारीका कारण ढिला भएको थियो ।

यो परियोजना चिनियाँ राष्ट्रपति सी चिनफिङको १० वर्ष पुरानो बीआरआईको एक हिस्सा मानिएको छ । इन्डोनेसियाले चीनबाट सक्रिय रुपमा लगानी भित्र्याउने प्राथमिकता राखेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro