site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यासिनो सञ्चालकको बक्यौता २ अर्ब नाघ्यो, जग्गा र खाता रोक्का
Tiktok banner adTiktok banner ad

काठमाडौं । क्यासिनोहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी बक्यौता २ अर्ब १६ करोड ६६ लाख ७५ हजार ६५१ रुपैयाँ पुगेको छ ।  दश वर्षयता उनीहरुले रोयल्टी नबुझाएपछि त्यस वापतको ब्याज बढ्दै जाँदा सरकारलाई बुझाउनुपर्ने रोयल्टी दुई अर्ब नाघेको हो । 

“क्यासिनेहरुले सरकारलाई बुझाउनुपर्ने रोयल्टी बक्यौताबापतको रकम २ अर्ब १६ करोडभन्दा बढी भएको छ,” रोयल्टी बक्यौता उठाउने जिम्मेवारी पाएको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयकी कार्यालय प्रमुख नमुना कार्कीले दाहालले बाह्रखरीसँग भनिन्, “रोयल्टी नबुझाउने क्यासिनोसँग आवद्ध संस्था तथा व्यक्तिको जग्गा र बैंक खाता रोक्का गरेका छौं ।” 

सरकारलाई लामो समयदेखि रोयल्टी नबुझाउनेमा सातवटा क्यासिनो छन् । 

दि फुलबारी प्रा.लि., ह्यापी आवर प्रा.लि., नेपाल रिक्रिएसन सेन्टर प्रा.लि., होटल याक एण्ड यती प्रा.लि., होटल सोल्टी, होटल एभरेष्ट इन्टरनेसनल प्रा.लि. र अन्नपूर्ण इन्टरनेसनल प्रा.लि. छन् ।  महालेखा नियन्त्रक कार्यालयअन्तर्गतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका अनुसार, क्यासिनोहरुमध्ये सबैभन्दा बढी रोयल्टी नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.ले सरकारलाई तिर्न बाँकी छ । 

नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.ले साँवा ५३ करोड ५० लाख ३३ हजार ९२७ रुपैयाँ ६३ पैसा र ब्याज ३९ करोड ९७ लाख ३६ हजार ३०७ रुपैयाँ ३ पैसा गरी कुल ९३ करोड ४७ लाख ७० हजार २३४ रुपैयाँ ६६ पैयाँ रोयल्टी सरकारलाई बुझाउन बाँकी रहेको छ ।

नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.को तर्फबाट सरकारलाई रोयल्टी बुझाउनुपर्ने जिम्मेवार व्यक्तिमा तीन नेपाली, दुई भारतीय र एक अमेरिकी नागरिक छन् । 

कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयका अनुसार, राकेश बाधवा (भारत), शालिनी बाधवा (भारत), रिचर्ड डोयल टटल (अमेरिका), सुबर्ण क्षेत्री, तुलाराम भट्ट र शान्ति चड्डा नेपाल रिक्रिएसन सेन्टर प्रा.लि.का जिम्मेवार व्यक्तिहरु हुन् ।

दि फुलबारी प्रा.लि.ले २४ करोड ६६ लाख ६४ हजार ४८२ रुपैयाँ साँवा र १८ करोड ४२ लाख ८८ हजार ७७८ रुपैयाँ ब्याज गरी कुल ४३ करोड ९ लाख ५३ हजार २६० रुपैयाँ ७४ पैसा सरकारलाई रोयल्टी बुझाउन बाँकी रहेको छ । 

दि फुलबारी प्रा.लिको जिम्मेवार व्यक्तिमा पियुषबहादुर अमात्य, नुरा श्रेष्ठ, सुमी अमात्य, आयुष अमात्य, आन्टु श्रेष्ठ, गंगा अमात्य र सन्जु अमात्य राजभण्डारी छन् । 

ह्यापी आवर प्रा.लि.ले ६ करोड ९३ लाख २७ हजार ५०० रुपैयाँ साँवा र ३ करोड १७ लाख ९६ हजार १८९ रुपैयाँ ७३ पैसा ब्याज गरी कुल १० करोड ११ लाख २३ हजार ६८९ रुपैयाँ ७३ पैसा रोयल्टी सरकारलाई बुझाउन बाँकी छ । 

ह्यापी आवर प्रा.लि.का जिम्मेवार व्यक्तिमा सुरेन्द्रबहादुर सिंह, भोजबहादुर बम र गोकर्ण लामिछाने हुन् । 

होटल याक एण्ड यती प्रा.लि.ले सरकारलाई बुझाउनु पर्ने रोयल्टी ११ करोड ८७ लाख ५० हजार रुपैयाँ साँवा र ८ करोड ८७ लाख २० हजार ८९० रुपैयाँ ४१ पैसाँ ब्याज गरी कुल २० करोड ७४ लाख ७० लाख ८९० रुपैयाँ ४१ पैसा पुगेको छ । 

होटल याक एण्ड यती प्रा.लि.का जिम्मेवार व्यक्तिमा राधेश्याम सराफ, रत्नादेवी सराफ, अरुणकुमार सराफ र उमेश सराफ छन् । 

होटल सोल्टीले ६ करोड १३ लाख ३३ हजार ३३२ रुपैयाँ ७८ पैसा साँवा र ४ करोड ५८ लाख २३ हजार ५६१ रुपैयाँ २३ पैसा ब्याज गरी कुल १० करोड ७१ लाख ५६ हजार ८९४ रुपैयाँ १ पैसा रोयल्टी सरकारलाई बुझाउन बाँकी छ । होटल सोल्टीको जिम्मेवार व्यक्तिमा दिनेशबहादुर विष्ट छन् । 

होटल एभरेष्ट इन्टरनेसनल प्रा.लि.ले सरकारलाई १० करोड ३५ लाख ६२ हजार ५०० रुपैयाँ साँवा र ७ करोड ७३ लाख ७३ हजार ९५५ रुपैयाँ ४८ पैसा ब्याज गरी कुल १८ करोड ९ लाख ३६ हजार ४५५ रुपैयाँ ४८ पैसा रोयल्टी बुझाउन बाँकी छ । मशकुर अहमद लारी होटल एभरेष्टका जिम्मेवार व्यक्ति हुन् । 

यस्तै, अन्नपूर्ण इन्टरनेसनल प्रा.लि.ले ११ करोड ६९ लाख १५ हजार १७५ रुपैयाँ ६४ पैसा साँवा र ८ करोड ७३ लाख ५० हजार ५० रुपैयाँ ४० पैसा ब्याज गरी कुल २० करोड ४२ लाख ६५ हजार २२६ रुपैयाँ ४ पैसा रोयल्टी सरकारलाई तिर्न बाँकी छ । 

अन्नपूर्ण इन्टरनेसनल प्रा.लि.का जिम्मेवार व्यक्तिमा तप्तबहादुर बिष्ट, नरेन्द्रलाल प्रधान, ईश्वरीप्रसाद श्रेष्ठ, कल्पदिप राई र जोत्सना बस्नेत छन् । 

“हामीले पटक पटक तोकता गर्दा पनि बक्यौता रकम बुझाउन नआएपछि नियमअनुसार उनीहरुको जग्गा तथा बैंक खाता रोक्का गरेका हौं,” कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयकी कार्यालय प्रमुख दाहालले भनिन् ।

सरकारले नयाँ क्यासिनो नियमावली २०७० सालबाट कार्यान्वयनमा ल्याएको थियो । 

नियमावलीअनुसार रोयल्टी तिर्न नआउने क्यासिनोलाई बन्द गर्ने निर्णय सरकारले गरेको थियो । २०७१ वैशाखमा रोयल्टी नबुझाउने ८ वटा क्यासिनोलाई सरकारले बन्द गरेको थियो । 

त्यसपछि क्यासिनो सञ्चालकहरु सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्च अदालतले क्यासिनो बन्द गराउन गरेको निर्णय कार्यान्वयन नगर्न/नगराउन भन्दै अन्तरिम आदेश दिएपछि यसैलाई आधार मानेर क्यासिनेहरु सञ्चालन हुँदै आएका छन् ।

क्यासिनोहरुको नियामक निकाय पर्यटन विभागले उक्त रकम उठाउन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग गुहार मागेको थियो । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै क्यासिनोहरुसँग बक्यौता उठाउन कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयलाई जिम्मेवारी दिएको थियो । त्यसपछि कार्यालयले उक्त बक्यौता उठाउने प्रयास गरिरहेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro