site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मध्यरातमा सकियो एमाले कोसीको मतदान, १ बजेपछि मतगणना

विराटनगर । नेतृत्व चयन गर्न भएकाे नेकपा एमाले कोसी प्रदेशको मतदान मध्यरातमा सकिएको छ । आज मतगणना गरिने एमालेले जनाएको छ । दिउँसो १ बजेपछि मतगणना सुरु हुनेछ ।

मतदान राति अबेर सुरु भएको थियो । प्रमुख निर्वाचन आयुक्त चुणामणि आचार्यले प्राविधिक पक्ष मिलाउँदा ढिलो भएको बताए ।
 
आइतबार बिहान ११ बजेदेखि मतदान कार्यतालिका रहे पनि १० बजे रातिमात्रै सुरु भएको थियो । ३७ स्थानमा एकै पटक मत खसाल्ने व्यवस्था मिलाइएको थियो । 

Argakhachi Cement Island Ad

निर्वाचनबाट पाँच पदाधिकारीसहित २१५ जना निर्वाचित हुनेछन् । अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । 

उपाध्यक्षमा भने टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

2-1696210980.JPG

सचिवमा शैलेस लामा र राजकुमार भण्डारी प्रतिस्पर्धामा छन् । उपसचिवमा खेम नेपाली, जलवर्षा राजवंशी र देवान राई प्रतिस्पर्धामा छन् । ९९७ जना मध्ये २० जना प्रतिनिधिले मतदान नगरेको बताइएको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०७:२८
प्रतिक्रिया दिनुहोस्