site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
देशभर ५० ‘चार्जिङ स्टेसन’ सञ्चालनमा ल्याउँदै एमजी, प्राथमिकतामा सेवा र पूर्वाधार
SkywellSkywell

काठमाडौं । नेपालमा पछिल्ला वर्षमा विद्युतीय सवारीसाधन (ईभी)को बजार आक्रामक तरिकाले विस्तार हुँदै गएको छ । नयाँ बिक्री हुने गाडीहरुमा डिजेल–पेट्रोलभन्दा ईभीको संख्या उच्च रहेको अटो व्यवसायी बताउँछन् ।

अहिले बिक्री भइरहेका ईभी ब्रान्डमध्येको एमजी मोटर्सले बढ्दो बजार र ग्राहकहरुको आवश्यकताअनुसार पूर्वाधारको विकासलाई प्राथमिकता दिइरहेको बताएको छ ।

एमजीले हाल कमेट ईभी, एमजी ४ ईभी र एमजी जेडएस ईभी गरी तीन मोडेलअन्तर्गत पाँच भेरियन्टमा गाडी बिक्री गरिरहेको छ ।

Dabur Nepal
NIC Asia

ईभीको बजार र ग्राहकहरु बढेसँगै कम्पनीले आवश्यक सेवा केन्द्र, चार्जिङ स्टेसन र अन्य पूर्वाधार विकासलाई प्राथमिकता दिन थालेको बताएको हो ।

चार्जिङ स्टेसनको संख्या ५० पुर्‍याउँदै

एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स हो । प्यारामाउन्ट मोटर्सले हाल देशभर १९ वटा एमजी चार्जिङ स्टेसन उपलब्ध रहेको बताएको छ ।

कम्पनीले यसै वर्ष सन् २०२३ को अन्त्यसम्म देशभर चार्जिङ स्टेसनको संख्या ५० पुर्‍याउने लक्ष्य राखेको बताएको छ । मुलकोट, चितवन, कुरिनटार, बुटवल र ढल्केबरमा रहेका डीसी चार्जिङ स्टेसनबाट ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको भनाइ छ ।

यस्तै, काठमाडौं, विर्तामोड, विराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केबरमा एसी चार्जिङ स्टेसन रहेको छ ।

११ ठाउँमा सर्भिस सेन्टर

एमजीले देशभर हाल ११ वटा डिलरसिप र सोही संख्यामा सर्भिस सेन्टर रहेको बताएको छ । दाङ, बनेपा, भैरहवा, विराटनगर, पोखरा, चितवन, वीरगञ्ज, विर्तामोड, जनकपुर, बुटवल र धनगढीमा एमजीको डिलरसिप र सर्भिस सेन्टर रहेको छ ।

एमजीले देशभर सोरुम अथवा आउटलेटको संख्या १३ पुगेको बताएको छ । कम्पनीले हाल १८ लाख रुपैयाँदेखिका ईभी बिक्री गरिरहेको छ ।

दुई भेरियन्टमा रहेको एमजीको कमेट ईभीको पेस भेरियन्टको मूल्य १७ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्लेको मूल्य २० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यस्तै, एमजी ४ ईभी कम्फर्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ रहेको छ । लक्जरीको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ । एमजी जेडएस डिलक्सको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले बिक्रीपश्चात्को सेवा र सपोर्टमा विशेष ध्यान दिइरहेको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १७:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu