site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रसंघमा नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा यसपटक नेपाल देखिने र चिनिने गरी प्रस्तुत भएको बताएका छन् । राष्ट्रसंघको महासभामा भाग लिएर चीनको भ्रमणसमेत गरी फर्किएपछि त्यसबारे सदनलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

“नेपालको तर्फबाट संशोधन गरेको थिएँ । त्यहाँ नेपालको शान्ति प्रक्रिया र यसलाई ठोस निष्कर्षमा पुर्‍याउन अन्तर्राष्ट्रिय समुदायको सहयोग, जलवायु परिवर्तनबाट सिर्जित समस्या र त्यसको समाधानका लागि स्रोत विभाजनका विषयमा विश्व समुदायको गम्भीर ध्यानाकर्षण गराएको छु,” प्रधानमन्त्रीले भने, “महासभाको मूल समारोहका अलवा दिगो विकास समिट, जलवायु परिवर्तनसम्बन्धी क्लाइमेट समिटसहितलाई सम्बोधन गरेको थिएँ । यी सम्बोधनहरुमा नेपालसहित अतिकम विकसित राष्ट्रहरुका तर्फबाट पनि कुरा राखेका थिएँ । त्यसमा गरिब मुलुकहरुको अर्थतन्त्रमा कोभिडसहितले अर्थतन्त्रमा पारेको प्रभाव र समाधानका विषयमा विश्व समुदायले गर्नुपर्ने कामका विषयमा राखेको छु ।”

उनले महासभाकै दौरान राष्ट्रसंघका महासचिव, अमेरिकी राजदूतसहितसँग भएको भेटवार्तामा गम्भीर छलफल गरेको पनि जानकारी गराए । उनले महत्वपूर्ण विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सफल भएको भन्दै नेपाल यसपटक राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको बताए ।

“हामीले शान्ति प्रक्रियामा पुर्‍याएको सहयोगका लागि विश्व समुदायलाई धन्यवाद दिएका छौँ,” प्रधानमन्त्री दाहालले भने, “यसपटक हामीले जलवायु परिवर्तनसहितका अन्तर्राष्ट्रिय मुद्दामा अतिकम विकसित राष्ट्रहरुको तर्फबाट र नेपालका तर्फबाट पनि स्पष्ट कुरा राखेका छौँ । समग्रमा यसपटक नेपाल राष्ट्रसंघमा देखिने र चिनिने गरी प्रस्तुत भएको छ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १४:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro