देश
काठमाडौं । मोरङमा बसको ठक्करबाट आइतबार एकजनाको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–५ का ५२ वर्षीय केदार थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान करिब पौने ५ बजे सुन्दरहरैँचा–४ मा को१ख ६१६९ नम्बरको बसले साइकलयात्री थापालाई ठक्कर दिएको थियो । उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भएको हो ।
सो बसका चालक र बसलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १२:४७
प्रतिक्रिया दिनुहोस्