site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
गरिखाने वर्गलाई लघारेको देखेपछि युवा नेतृत्त्व यस्तै हो त भन्ने लाग्यो ...
Sarbottam CementSarbottam Cement

बालेन शाह काठमाडौं महानगर प्रमुख बनेपछि उनका नगर प्रहरी फुटपाथका व्यापारीमाथि हिंस्रक बनेको दृश्य सहरिया धनाढ्य र नवधनाढ्यबाहेक आमनागरिकले जिब्रो टोके ।  गास टार्न, बालबच्चा पाल्न डोकामा, पोकामा, ठेलागाडामा सामान बेच्दै गरेकाहरुमाथि बालेनका प्रहरीले हिंस्रक शैलीमा खोसेको दृश्य सामाजिक अभियन्ता ईःलाई जँचेन र पचेन । 

किनभने चुनावी प्रतिस्पर्धामा रहँदा फुटपाथ व्यापारीको व्यवस्थापन गर्ने आकर्षक बोली बालेनबाट आएको थियो । महानगरको कुर्सी बसेसँगै बोली फेरियो, व्यवहार फेरियो, तिनको फेरिएको व्यवहारविरुद्ध टिकाटिप्पणी गर्नेविरुद्ध र्नै सामाजिक सन्जाल प्रयोग गरी हिंस्रक प्रहार गरियो । 

ईःसँग केही दिनअघि महानगरले सम्झौता गर्दा ‘नगर प्रहरीको भूमिका हिंस्रक नहुने’ प्रतिबद्धता आएको छ र फुटपाथ व्यापारीको व्यवहारिक प्रतिबद्धतासँगै ईःको शान्तिपूर्ण आन्दोलन रोकिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनै सामाजिक अभियन्ता ईःसँग बाह्रखरीका जनक वलीले गरेको कुराकानीको अंश – 

–महानगरपालिकासँग जवाफदेहीताको माग राखी निरन्तर ९ दिन उभिनुभयो । नौ दिनपछि आन्लोलन स्थगित गर्दा तपाईंले जित्नु भयो कि हार्नु भयो ?

Global Ime bank

सहमति भनेको ‘पफ्रेक्ट’ समाधान होइन । यो एउटा मध्यमार्ग हो । यो मध्यमार्गी सम्झौता सडक व्यापारीहरुलाई पनि स्वीकार्य छ । बालेनले चुनावअघि जस्तो वाचा गरेका थिए, फुटपाथ व्यापारी व्यवस्थापनको । 

यो मूलभूत रुपमा सहमतिले पहिलो कुरा काठमाडौं महानगरले सडक व्यापारीहरुको अस्तित्वलाई स्वीकार गरेको छ । 

उहाँहरुको अस्तित्वलाई नै अस्वीकार गरी उठिबास लगाउने, हिंसा गर्दै, दुई छाक खान, बालबच्चालाई स्कुल पठाउन, घरभाडा तिर्न, सामान्य जीवन यापन गर्न पनि अप्ठारो परेको अवस्थाबाट महानगरपालिका समन्यवमा आएको छ । 

दोस्रो कुरा, महानगरले सडक व्यापारीहरुप्रति केही जिम्मेवारी अभिव्यक्त गरेको छ । 

उहाँहरुको अस्तित्वलाई नै अस्वीकार गरी उठिबास लगाउने, हिंसा गर्दै, दुई छाक खान, बालबच्चालाई स्कुल पठाउन, घरभाडा तिर्न, सामान्य जीवन यापन गर्न पनि अप्ठारो परेको अवस्थाबाट महानगरपालिका समन्यवमा आएको छ । 

त्यो जिम्मेवारी दुईतर्फी पनि हुन्छ । जसले सडकमा अराजकता हुनु हँदैन । त्यसपछि तेस्रो कुरा, चाहिँ जफ्त गरिएका सामान फिर्ता गर्ने भनेको छ । 

जफत गरेको सामान फिर्ता गर्ने भन्ने बित्तिकै केही हिजो गल्ती वा त्रुटि भएको होला नि !

मैले पटक–पटक भन्दै आएको छु “यो संविधानविपरीतको काम हो । सडक, साइकल, गाडा, परम्परागत डोको–नाम्लोमा व्यापार गर्नेहरुको जिबिकोपार्जन गर्ने खोसेर लगेर त्यसलाई कवाडमा परिणत गर्ने, लिलाम गर्ने जस्ता काम टेकुमा भइरहेको छ । यो गैरसंवैधानिक भन्ने छ ।” 

ii-(5)-1696139803.JPG
सामान फिर्ता गर्ने भनेपछि त्यो कुरालाई पनि व्यवस्थित हुन्छ । यस्तै, दीर्घकालमा देखिएका समस्या समाधान गर्न, संशोधन गर्न मिलाएर अघि बढ्न समिति बनेको छ । त्यो समितिमा दुईवटा प्रतिनिधि मैले पठाउन पाउने सुविधा छ ।

त्यसमा मेलै एउटा विज्ञ र सडक व्यवसायीको प्रतिनिधित्व गर्ने व्यक्तिलाई ठाउँ दिनुपर्छ । 

सबै कुरा आफैँले गर्नुपर्छ भन्ने छैन । जसले समस्या बुझेका छन्, जसले त्यसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ, ती प्रतिनिधित्व जाँदा राम्रो हुन्छ । कानुनले निषेधित गरेको क्षेत्रबाहेक ठाउँहरुमा महानगरले सडक व्यवसायीलाई व्यवस्थापन गर्ने कुरा गरेको छ । 

त्यसलाई सकारात्मक रुपले लिनुपर्छ । किनभने हामीले फुटपाथमै व्यवस्थापन हुनुपर्छ भनेका छैनौं । वैकल्पिक स्थान, समय र ‘प्रमिट फी’को व्यवस्था गर्नुपर्छ भन्ने हाम्रो माग हो । 

नगर प्रहरीमा हार्दिकता हुनुपर्छ । नगर प्रहरीको भूमिका हिंस्रक हैन, व्यवस्थापकीय हुनुपर्छ भन्ने माग हो । 

हार्दिकता, व्यवहारिकता, केही नलेखिएका कुरामा पनि मेयरकै प्रतिनिधिको तर्फबाट प्रतिवद्धता आएको छ । त्यसलाई पनि सकारात्मक रुपमा लिनुपर्छ ।

–मेयरमा निर्वाचित हुनुअघि बालेन शाहसँगै हुनुहुन्थ्यो । तर, निर्वाचित भएपछि किन विरोधमा उत्रिनुभएको हो ?

यो कुरामा असत्य बोल्नु हुँदैन । ‘इनफ इज इनफ’ले गर्दा देशमा युवा नेतृत्व आउनुपर्छ भनी माहोल बनेको हो । 

मभन्दा पनि मसँग पाँच दिन उभिनु भएका चाउ न्यौपाने हुनुहुन्थ्यो ।  चाउ क्याम्पेन गर्दाखेरी बालेनकै ‘कोर टिम’मै हुनुहुन्थ्यो ।  उहाँ भनेको पहिलो दिनदेखि नै सँगै हिँडेको, जिताऊमा लागिपरेको र सबै बुझेको मान्छे हो । 

त्यस्ता धेरै युवा साथीहरु हुनुहुन्थ्यो, जो हिजो वैकल्पिक राजनीतिको वकालत गर्ने पृष्ठभूमिबाट उहाँलाई चुनावका बेला समर्थन गरेका थिए । 

धेरैले त्यसमा मलाई सोध्थे, समर्थन गर्दा राम्रो हुन्छ कि हुँदैन ? पार्टीका उमेदवार राम्रो नभएकाले मैले कहिले पनि नराम्रो होला भनेर भनिन् । यति सुविधा मैले दिन पाएको हो ।

–बालेनको पहिलेको शैली र अहिलेको शैलीमा कस्तो फरक पाउनु भयो ?

चुनाव अभियानभरि ‘गरीबको चमेली बोलीदिने कोही छैन’ भन्दाखेरी एउटा ठूलो आशा जागेको थियो ।  काठमाडौंमा पहिलो चोटी एउटा यस्तो युवा नेता आउँदै छ, जसले गरीब, कमजोर मान्छे, दिन, दुःखी मानिसका लागि प्रतिनिधित्व गर्नेछ । 

 

उनीहरुको जीवनमा नयाँ ऊर्जा ल्याउने छ ।  उहाँहरुको जीवन बदल्न पहल गर्नेछ । यस्तै किसिमका आश्वासन आएको थियो । त्यसले गर्दा सबैजना खुसी भएको थिए ।

तर, चुनावपछि सायद कार्यव्यस्थता वा अनुभव कमीले पनि होला । त्यो देखिएन । तर, के देखियो भने हामीले पहिलो चोटी गरिबको चमेली बोली दिन को छ र ? भनेर बागदरबार अगाडि साथीहरु उभिनु भएको थियो ।

त्यसपछि बल्ल नगर प्रहरीको हिंसा गलत छ भन्ने स्वीकारोक्ति आयो । 

अब, नगर प्रहरीको हिंस्रक कम भयो । तर, जफत गर्न भने कम भएन ।  हाम्रो अभियान सुरु भएपछि हिंसाको घटनामा धेरै ह्रास आयो ।  केही नगरप्रहरीहरुलाई कारबाही पनि भयो ।  अस्तिमात्र हामी सभागृह अगाडि उभिएको पहिलो दिन नगर प्रहरीलाई कारबाही भएको रहेछ । मलाई समाचार पढ्दा थाहा भयो । ११ जना प्रहरीलाई कारबाही गरिएको रहेछ । 

चुनावपछि सायद कार्यव्यस्थता वा अनुभव कमीले पनि होला । त्यो देखिएन । तर, के देखियो भने हामीले पहिलो चोटी गरिबको चमेली बोली दिन को छ र ? भनेर बागदरबार अगाडि साथीहरु उभिनु भएको थियो ।

गल्ती गरेको भएर नै कारबाही भयो होला ।  हिंसा भएको थियो र हिंसा बन्द गर्नुपर्ने भयो । तर, कसैले नबोल्दा लामो समयदेखि निरन्तर चलिरह्यो । सहमति भन्दाअघि हुँदा खाने वर्गको अस्तित्व स्वीकार्य नै थिएन । छाक टार्न, बालबच्चा स्कुल पठाउन, भुईँ मान्छे काठमाडौंमा १० हजार हाराहारी हुनुहुन्छ । उहाँहरु स्वीकार्य नभएको अवस्था थियो ।

सहमतिपछि त्यो बद्लिने अवस्था छ । हामी इमान्दार विद्रोहीको रुपमा उभिएका थियौं । अब, सडक व्यापारीका हितलाई केन्द्रमा राखेर सहकार्य, सहजीकरण गर्ने बेला आएको छ ।  त्यसमा सबै इमान्दार भएर राम्रो अवस्था सिर्जना गर्ने सहयात्री बन्नुपर्ने अवस्था पनि छ । यद्यपि उहाँको जुन राजनीति छ । त्यसमा राजनीतिक धारणा वा अवधारणा, अभिव्यक्ति र शैलीप्रति मेरो कुनै समर्थन छैन । 

सडक व्यापारीहरुको हितलाई केन्द्रमा राखेर मैले गर्नुपर्ने जिम्मेवारी मैले बहन गरिरहेको छु ।

ii-(6)-1696139803.JPG
–यस्तो खालको आन्दोलन गर्दा बल कहाँबाट प्राप्त हुन्छ ?

हामीले तीन महिनादेखि अभियान चलाइरहेका थियौं । यो बीचमा कुनै जवाफ आएन । राष्ट्रिय सभागृह, बागदरबारबाहिर गएर शान्तिपूर्ण रुपले उभियौं ।  अनलाइन छलफल, एसएमएस क्याम्पेन वा तीन महिनादेखि अनेकथरि अभियान चलायौँ ।

समाधान के हुन्छ भनेर मेयरको सचिवालयका साथीले फ्रेमवर्क पठाउन आग्रह गर्नुभयो । 

सडक व्यवसायी, नागरिक समाजलगायत सबैसँग छलफल गरेर एउटा फ्रेमवर्क बनायौं । फ्रेमवर्क पनि पठायौं, सेयर पनि गर्‍यौं । त्यो सबै गर्दा पनि केही सिप लागेन । त्यसपछि उदासिनता पनि आयो । 

मेयर, उपमेयरलगायत महानगरपालिका जवाफदेहीता बन्न कुनै पनि हिसाबले तयार छैन भन्ने देखियो ।  त्यसपछि केही सिप नलागेर म त्यहाँ गएर एक्लै भए पनि उभिन्छु भनेर म गए । म फकिर मान्छे, जहाँ पनि बस्दिन्छु । साथी तथा आफन्तको सदासयता, समर्थन, माया छ ।  त्यहाँ उभिनुभन्दा एकहप्ता पहिलो म स्वर्गीय उज्ज्वल थापाको घरमा गएको थिएँ । 

उहाँको घरमा एक हप्ता बसेँ । त्यो ठाउँ पहिलाको अभियान गर्दाका सम्झनाहरु जोडिएको ठाउँ हो ।  त्यहाँ बस्दा यस्तो सोच आयो । अरुले केही गरेन भने पनि म एक्लै भए पनि त्यहाँ गएर जवाफदेहीताको  माग राखेर उभिन्छु भन्ने सोचेँ । 

म अन्तरआत्माको हिसावले चल्ने मान्छे, त्यसपछि धेरै सोच्न परेन । केही साथीहरुलाई दुई–तीन दिन अघि उभिँदै छु भनेर जानकारी गराएँ ।

उहाँको घरमा एक हप्ता बसेँ । त्यो ठाउँ पहिलाको अभियान गर्दाका सम्झनाहरु जोडिएको ठाउँ हो ।  त्यहाँ बस्दा यस्तो सोच आयो । अरुले केही गरेन भने पनि म एक्लै भए पनि त्यहाँ गएर जवाफदेहीताको  माग राखेर उभिन्छु भन्ने सोचेँ । 

एकदिन अघि निर्णय लिएँ । अहिलेका अवस्थामा खुकुरी हान्दिन सक्ने माहोल पनि देखिएको छ । तर, यो अपजस म पचाउँछु । जे पर्ला पर्ला ! गरिबहरुको पक्षमा उभिन्छु । एउटा सद्भावपूर्ण समाज निर्माण गर्न र सहानुभूतिको वातावरण सिर्जना गर्न भए पनि यो अपजस पचाउन जरुरत छ भनेर उभिन गएको हो । ‘समुन्द्र मन्थनका बेला शिवजीले कालकूट विष पिएको, घाँटीमा अट्काएको भनेको जस्तै’ म एक्लै गएँ । 

तर, सौभाग्य भनौं चितवनबाट साथी प्रविण काफ्ले, चाउ सँगै निरन्तर पाँच दिनसम्म उभिनुभयो ।  त्यसले गर्दा मलाई ऊर्जा पनि मिल्यो ।  विस्तारै तीनबाट चार, पाँच जना हुँदै गएर माहोलै बन्यो । 

–तपाईं आन्दोलमा उभिएपछि पूर्वप्रधानमन्त्री केपी शर्मा  ओली,  बाबुराम भट्टाराई, गगन थापालगायतले समर्थन गर्नुभयो । उहाँहरुले पहिले नै किन जवाफ माग्न सक्नु भएन ? डरले हो ?

मलाई सबैभन्दा दिक्दार लागेको पनि त्यही भएर हो ।  एक्लै गएर भए पनि उभिन्छु भनेको कारण पनि त्यही भएर हो ।  मेरो पुरानो स्ट्याटस हेर्नुभयो भने पनि विगत तीन महिनादेखि देशका तीनवटै ठूला पार्टी केही पनि बोलेका छैनन् । फेरि सबै पार्टी समाजवादी सैद्धान्तिक विचारधाराका छन् ।

प्रधानमन्त्री नै हिजो यही मजदुर, श्रमिकहरुको हितमा हतियार उठाएर हिँडेको पार्टीबाट हुनुहुन्छ ।  गृहमन्त्री पनि त्यही पार्टीबाट हुनुहुन्छ । तर, यस्तो निरन्तर अन्याय हुँदाखेरी पनि कोही बोल्न नसक्ने, कोही अगाडि सर्न नचाहने, कोही प्रश्न गर्न नचाहने त्यसले गर्दा मलाई सताएको हो । 

कतिले मेरो नायकीकरण गर्न खोजेको जस्तो पनि लाग्छ । मलाई त्यसो गर्नु हुँदैन जस्तो लाग्छ । किनभने मलाई यो विषयले छोयो, म बोलेँ ।  भोलि गएर अरु पनि आफूलाई जे विषयमा छाएको छ त्यसमा बोल्नुपर्छ । 

लोकतन्त्र भनेकै यही हो । लोकतन्त्रको सवलीकरण हुने भनेको नै यसरी हो ।  आलोचनात्मक किसिमले नागरिकको उपस्थिति जहिलै पनि हुनुपर्छ । तीनवटा ठूला पार्टी समाजवादी छन् । 

त्यसपछिका दुईवटा ठूला पार्टीले पनि हामी लोककल्याणकारी राज्यमा विश्वास गर्छाैँ भन्ने अभिव्यक्ति आउँछ ।  सबैले सामाजिक न्यायमा विश्वास गर्छौँ भन्छन् ।  यो सबै हुँदा पनि म त्यहाँ उभिनु पर्ने साँचिकै नै दुःखको, पिडाको कुरा हो, अच्चमका कुरा हुन् ।

लोकतन्त्र भनेकै यही हो । लोकतन्त्रको सवलीकरण हुने भनेको नै यसरी हो ।  आलोचनात्मक किसिमले नागरिकको उपस्थिति जहिलै पनि हुनुपर्छ । तीनवटा ठूला पार्टी समाजवादी छन् । 

पार्टीहरुको आफ्नै मान्यता र सिद्धान्तमा स्पष्टता देखिएन ।  जुन वर्गका लागि भनेर उहाँहरुले पार्टी बनाउनु भयो, लड्नु भयो ।  संविधानमा पनि समाजवादउन्मुख भनेर लेखिएको छ ।  कस्तो भयो भने सबैले अवसरवाद खाएको जस्तो देखियो ।

मैले ‘पपुलिज्मलाई पपुलिज्मले काट्न सक्दैन’ भनी निरन्तर आलोचना गरिरहेको छु । त्यसलाई चुनौति दिन फरक क्षमता चाहियो ।  सायद त्यही महसुस गरेर पार्टीको नेताहरु अघि सर्नु भएको होला । 

त्यो स्वागतयोग्य कुरा नै हो । तर, त्यति गरेरमात्र पुग्दैन । काठमाडौं महानगरपालिका हेर्नुहोस्, त्यहाँको प्रतिनिधि हेर्नुहोस् ।

त्यहाँभित्र पनि मेयर स्वतन्त्र छन् ।  उहाँहरुलाई के कुराले रोकेको छ । यो सडकमा हामीले अराजकता चाहेको हैनौं ।  काठमाडौं भनेको इतिहास हेर्दा, पुरानो–पुरानो पेन्टिङहरु क्लोनियल, मल्लकालीन पेन्टिङमा जहाँ पनि बजार देखिन्छ । 

बजारमा केही न केही मान्छे डोका ल्याएर सामान बेचिरहेको वा कुनै हिसाबले सडक व्यापार भइरहेको देखिन्छ ।  खर्पन, नाम्लो देख्नुहुन्छ । भनेपछि यो सडक व्यापार भनेको यहाँको रैथाने पहिलेदेखि नै चलिआएको हो । 

काठ क्षेत्र वा सहरको ठीक बाहिरबाट काठमाडौं ल्याएर बेच्ने, व्यापार गर्ने पहिलेदेखि चलिआएको हो । त्यसलाई कसरी व्यवस्थित गर्ने आफ्नो ठाँउमा छ ।  तर, उहाँहरुलाई के कुराले रोकेको छ ? यो अराजकता होइन, तर व्यवस्थापन हुनुपर्‍यो भनेर उहाँहरुलाई मेरो उहाँहरुलाई नैतिक प्रश्न हो । 

ii-(2)-1696139802.JPG

–यसअघि पनि तपाई हिँड्नुभयो, अकुपाई बालुवाटरजस्ता अभियान गर्नुभयो । तपाईं के का लागि र कसका लागि गर्नुहुन्छ ?

अकुपाई बालुवाटार भनेको धेरै अगाडिको कुरा हो । 

सन् २०१२ अन्त्य तिरको कुरा हो । त्यो बेलामा मैले ‘इनिसेट’ गरेको हैन । त्यो आन्दोलन हिंसाविरुद्धको थियो । त्यसमा म सहभागी मात्र भएको थिए । चार महिना जति दिनदिनै उभिएँ । 

–त्यो भन्दापछि बालुवाटार र सिंहदरबारमा रंग छ्याप्ने !

लामो समय बितिसकेपछि ल्यान्डमार्ग मात्र याद हुने रहेछ । मिडियामा जुन धेरै आयो ।  मैले पछाडि फर्केर हेरेको छैन । काम त मैले गरेँ, गर्दै पनि आएको हो ।  तर, सिभी बोकेर हिँड्नुपर्ने जस्तो अवस्था पनि आयो । यो सालमा यो गरेको थिए भन्न । कहिलेकाही ट्विटर, फेसबुक कमेन्ट पढेर पनि हासो उठ्छ । यो सालमा के गर्नुभएको थियो भन्ने हुन्छ । 

यो सालमा यस्तो काम गरेको थिएँ भनेर सिभी नै पल्टाउनु भयो । सिंहदरबारमा रंग छ्यापियो, अधिकारीलाई न्याय दिनुपर्छ भनेर लडियो, कमेन्ट्री लाइबे्ररी खोल्ने, विदेशीसँग पैसा लिनु हँुदैन भन्ने, किताब किनेर पढ्ने, साइकलमा हिँड्ने जस्ता अनेकौँ कुरा गरियो । 

मैले आत्मसन्तुष्टिका लागि गरेको हो ।  सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो ।  अन्तरआत्माप्रति इमान्दार हुने कुरा हो । यो केही पाउँला भनेर गरेको होइन । केही होला भनेर गरेको होइन । मैले २०२१–२०२२ को समय दक्षिण एसियामा पैदलयात्रा गरेर बिताएँ । 

कारगिलबाट कन्याकुमारीसम्म, जाफ्नाबाट डन्ठासम्म, त्यसपछि ट्रेन यात्रा गरेँ दुई–तीन महिना, त्यसपछि टेकनाथबाट झापासम्म हिँडे ।  यो सबै हिँड्दाखेरी मैले सबैभन्दा धेरै स्नेह, हार्दिकता र माया पाएको छु । 

यही मजदुर, उद्यमीवर्गबाट नै हो । उहाँहरुको मैले समस्या पनि देखेँ । सुख पनि देखेँ । लामो सयमसम्म साथी हुन पाएँ ।  कसैले मेरो हिँडाईको बेला भावना, मिलनको हिसाबले चिया खुवाइदिने, खाना खुवाइदिने, ढाडस दिने, ठीक गर्‍यो भन्ने, रमाइलो गर्ने, त्यो सबै अनुभव गरेर आएको हो । 

कारगिलबाट कन्याकुमारीसम्म, जाफ्नाबाट डन्ठासम्म, त्यसपछि ट्रेन यात्रा गरेँ दुई–तीन महिना, त्यसपछि टेकनाथबाट झापासम्म हिँडे ।  यो सबै हिँड्दाखेरी मैले सबैभन्दा धेरै स्नेह, हार्दिकता र माया पाएको छु । 

मलाई सबैभन्दा दुःख पर्दा साथ दिने हिँड्ने मान्छे हुन्छ । नाताले मैलाधैला भएर हिँड्ने मजदुर वर्ग नै हो । नेपाल र बाहिरको पैदलयात्रा गर्दाखेरी फरक पाएँ । नेपालमा यात्रा गर्दा काठमाडौं भन्ने बित्तिकै राम्रो व्यवहार पाएँ ।

किनभने हाम्रो कोहीसँग भेट्दाखेरी तीनवटा प्रश्न सोधिन्छ । जात, घर, नाम बुबाले के गर्नुहुन्छ ? इत्यादि । यो कुराले मान्छे ‘कास्ट’ र ‘क्लास’ मापन गर्ने चलन छ ।

घर कहाँ छ ? त्यहीअनुसार व्यवहार गरिन्छ । म काठमाडौंको भएकाले मैले कहिले पनि सौतेला व्यवहार पाउनु परेन । सायद, मैले जुम्लाको मान्छे भनेको भए, फरक व्यवहार हुन्थ्यो हालो । किनभने एउटा ‘प्रिभिलेन्सी’ थियो । ii-(2)-1696139802.JPG

दक्षिण एसियामा हिँड्दाखेरी मेरो पहिचान भनेको काठमाडौं भनेर बुझ्दैनथेँ ।  म नेपाली भन्थेँ । नेपालमा पूर्व–पश्चिम हिँड्दा जति युवा भेटे त्यो भन्दा भारतमा धेरै भेटेँ ।  उहाँहरु त्यहाँ गार्ड गर्ने, कपडा, सामान, दबाई, सिलाजित बेच्ने काम गर्नुहुन्थ्यो । 

चाउनमिन बनाउन, चाइनिज खाना बनाउन नेपाली राम्रो हुन्छ भन्ने छ । किन हो त्यो मलाई पनि थाहा भएन । तर, छ । ती सबै मान्छेहरुको संगत गरियो । त्यहाँ कस्तो छ भने नेपालीहरुलाई ‘पेट्रोनाइज’ गरिन्छ । 

‘पेट्रोनाइज’ गर्नु ठीक होइन । ‘पेट्रोनाइज’ गर्ने तरिका कस्तो छ भने नेपालीहरु इमान्दार हुन्छ ।  नेपालीहरुले धोका दिँदैनन्, काममा राख्दा मेहनत गर्छन्, राम्रो काम गर्छन् भन्ने छ ।  त्यो खालको ‘पेट्रोनाइजेन’ पाएँ । हिँड्ने कुरा गरेपछि व्यवहार फरक हुन्थ्थो । 

तर, जब मैलाधैला भएर हिँडेको, मुख हेर्दा नेपाली जस्तो छ भने कामदार भन्ने सोच्थे  । त्यो बेला मैले मजदुर वर्गले पाउने जस–अपजस पाएर पनि बिताए । 

त्यहाँबाट यहाँ फर्किदाखेरी ओहो भन्ने भयो । त्यहाँ ‘पेट्रोनाइज’ गरेपनि हार्दिकता छ । यसले गरिरहेको छ, गरिखान दिनुपर्छ भन्ने छ ।  यहाँ त हार्दिकता ह्रास देखियो । मजदुर अथवा हुँदा खाने वर्गलाई वस्तुकरण गरेको देखियो । 

उनीहरु मान्छे हुन् । परिवार हुन्छ, बालबच्चा हुन्छ, खुसी दुःखी हुने कुरा हुन्छ ।  उनीहरुको पनि आफ्नो जीवन छ । यस्ता कुरालाई केही ध्यान नदिइकन एक्कासि कसिङ्गर हो भनेको जस्तो गरेर लखेट्ने, खेद्ने काम भइरहेको छ । त्यसले मलाई एकदमै दुःख लाग्यो । 

त्यसले गर्दा मलाई उकुस–मुकुस भएको थियो । यो विषयमा जानकार साथीहरुसँग बस्दा काठमाडौं महानगरको बुझेको साथीहरुसँग बसेर कुरा गरेपछि मलाई झन् छाहराबाट खसेजस्तो भयो । 

परिवार हुन्छ, बालबच्चा हुन्छ, खुसी दुःखी हुने कुरा हुन्छ ।  उनीहरुको पनि आफ्नो जीवन छ । यस्ता कुरालाई केही ध्यान नदिइकन एक्कासि कसिङ्गर हो भनेको जस्तो गरेर लखेट्ने, खेद्ने काम भइरहेको छ । त्यसले मलाई एकदमै दुःख लाग्यो । 

मलाई यो त भयंकर अन्याय भइरहेको रहेछ भन्ने लाग्यो । त्यहाँबाट केही न केही गर्नुपर्छ भन्ने भावना आएको हो । 


–महानगरभित्र सबैले व्यापार व्यवसाय गर्न पाएपछि फेरि पहिलेकै अवस्था जस्तो भद्रगोल भयो भने जिम्मेवार को ?

यो सहमतिको आसय त्यस्तो छैन । यसको क्लियर मेलग्राउन्ड छ । त्यो ग्राउन्ड भनेको कानुनले निषेध गरेको (राइट अफ वे) क्षेत्रमा व्यवसाय गर्न नपाइने भनेको छ । 

त्यसले अब महानगरको तर्फबाट जसले पहल कदमी लिनु भयो । उहाँहरुले मेयर र उपमेयर अन्य पदाधिकारीहरुको कोटमा बल गएको छ । यसमा कतिको इमान्दार हुने ? बैमान हुने ? कति प्रष्ट हुने ? कति अस्पष्ट हुने ? भन्ने उहाँहरुको जिम्मेवारीमा गएको छ । 

ii-(3)-1696139802.JPG
किनभने सडक व्यवसायीले पनि यही फुटपाथ नै चाहिन्छ भन्ने हुँदैन । साथै, मान्छे नहिँड्नेमा राखेर पनि भएन, मान्छे नै नहिँड्नेमा राखेर व्यापार कसरी हुन्छ ?

यसले गर्दा ‘मिडिल ग्राउन्ड’ कसरी खोज्ने भन्ने हो ।  यो सहमतिका हिसाबले सकारात्मक हुनुपर्ने अवस्था छ ।  तर, टेक्निकल्ली हिसाबले हेर्दै जाउँ । अलि हार्दिकता र व्यवहारिकताको पनि आश्वासन छ । त्यही भएर म चाहिँ सकारात्मक नै छु ।

–कत्तिले तपाईं पैसा खाएर उभियो भन्ने आरोप पनि लगाएका छन् नि !

यस्तो हो, जसले जिन्दगीभर पैसै पैसाका लागि काम गरेको, स्वार्थ, दम्भ बोकेका मान्छेहरुले यस्तो मत राख्नुमा म धेरै अचम्म पनि मान्दिन । 

म सँगसँगै पढेका साथीहरुले धेरै उन्नति, प्रगति गरेका छन् । 

धेरै किसिमले राम्रा पनि छन् । म वस्तुगत र सांसारिक हिसाबले धनी हुने बोटोमा जान सक्थेँ होला ।  तर, मैले फरक बाटो रोजेँ । त्यही भएर मेरा लागि यो पैसा भन्ने ठूलो कुरा होइन । सबैभन्दा ठूलो कुरा आँट, हिम्मत, त्याग हो ।

जसले जिन्दगीभर पैसै पैसाका लागि काम गरेको, स्वार्थ, दम्भ बोकेका मान्छेहरुले यस्तो मत राख्नुमा म धेरै अचम्म पनि मान्दिन । 

अब, अहिले जीवनलाई के ‘भ्यालु’ गर्ने भन्ने कुरा पनि हो । मैले जीवनमा अनुभव भ्यालु गरेँ । जीवनको अनेक पक्ष के हुन्छ ? त्यो बुझ्नेमा त्यसलाई रमाउने हिम्मत आयो ।  त्यो हिम्मत आएपछि पैसा भन्ने कुरा त्यस्तै रहेछ । 

अलि बढी पैसा भएको बेला राम्रो ठाउँमा खाइएला । अलि पैसा छैन भने जसोतसो, जेनतेन चलिहाल्छ ।  मन्दिरमा बसिएला, धर्मशालामा बसिएला, मस्जिदमा बसिएला, जसरी भए पनि चलिहाल्छ । त्यो भावनामा हिँडेको पनि हो ।

मेरो जीवनको स्कुलिङ भनेको जीवनले दिएको हो ।  पैसा नभएर चल्दैन भनेको सुनेर मलाई अचम्म लाग्छ ।  तपाईँमा हुनुपर्ने सबैभन्दा चाहिने इमान्दारिता र आत्मबल हो ।  त्यो नभएर जति पैसा भएपनि, जे गर्दा पनि संवेदनशीलता आउँदैन । 

मलाई पैसा दिएर गर भनेको भए मलाई पाँच घण्टा उभिन गाह्रो हुन्थ्यो होला ।  तर, मलाई भित्रबाटै समाजको हितमा गर्दैछु ।  मैले निम्न र न्युन वर्गीय मानिसहरु र मजदुर वर्गको हितमा गर्दैछु । त्यो स्पष्टता भएपछि अरु कुरा गौण हुँदो रहेछ ।


–अभियानमार्फत तपाईंले कस्तो महानगर माग गर्नुभएको हो ?

विशेष गरेर नयाँ मेयर आएपछि काठमाडौं महानगरपालिकाको सञ्चालनमा कस्तो देखिएको छ  भने  काम गर्ने मन लागेन भने कानुनको कुरा गर्ने ? कालो र सेतोमा कुरा गर्ने ? त्यसो भए त जनप्रतिनिधि किन चाहियो ? यति धेरै पैसा खर्च गरेर किन चुनाव गर्नुपर्‍यो ? मेयरको कुर्सीमा एउटा कानुनको किताब राख्दा भइहाल्यो । 

त्यसबाटै चलाउ । जनप्रतिनिधि हुनुको कारण मानिसको दुःख, सुखका कुरा सुन्छन ।  मतदाताका मात्र होइन, सिटीको सबै स्टेक होल्डरहरु, समाजमा सहभागी मानिसको कुराको सुनुवाई हुन्छ ।  किनभने उहाँहरुको त्याग छ । सबैलाई समेट्ने, व्यवहारिक न्याय दिने, सबैलाई हार्दिकतापूर्ण आत्मसम्मान गराउने मेयरको भूमिका हुनुपर्ने हो । 

काठमाडौंमा महानगरपालिकाको भूमिका त्यो हुनुपर्ने हो । अब, सायद यो सहमतिपछि केही परिवर्तन आउँछ भन्ने विश्वास छ । 

व्यवहारिकतामा पनि प्राथमिकता दिइन्छ र नयाँ आयामको सुरु हुन्छ भन्ने लागेको  छ ।  त्यो आयाम सुरु हुँदा जनप्रतिनिधिहलाई नै दीर्घकालीन हितको कुरा हो । त्यसरी नै बुझ्नु हुन्छ जस्तो मलाई लागेको छ ।


–यो अभियान पनि तपाईँलाई काठमाडौं महानगरपालिकाको मेयरमा हेर्न चाहनेहरु पनि देखिएका छन् । तयारी गर्दै हुनुहुन्छ ?

पछिल्लो चोटी ‘इनफ इज इनफ’ गर्दा पनि मेयरमा लड्छ, सांसदमा लड्छ भनी धेरै मान्छेले अड्कलबाजी गरेका थिए ।  मैले म हिँड्न जान्छु भनेको थिएँ । मान्छेहरुले त्यसलाई मजाकको रुपमा लिए ।  सबै ठूला पार्टीका नेताहरु भेट्न आएका छन् । यत्रो ठूलो ‘मुभमेन्ट’ भएको छ । 

‘अचिभमेन्ट’ भएको छ । मेरो सबैभन्दा ठूलो कमजोरी वा बल भनेको त्यही कुरा हो ।  मैले हिजो जे गरेँ त्यसमा रमाएर बस्दिनँ । म ठूलो मान्छे भएँ, मलाई यो, त्यो चाहियो । मैले यति गरेको छु, मेरो यति हुनुपर्छ भन्ने छैन मसँग । 

हरेक दिन बिहान म उठ्दा नयाँ जीवन सुरु भएको जसरी हेर्छु ।  मलाई हेरक दिन जन्म दिन जस्तो लाग्छ ।  नयाँ आयाम जस्तो लाग्छ । त्यो भएको भएर यो विषयमा मेरो त्यति ध्यान पुगेन वा छैन पनि  । 

मैले शक्तिका लागि गरेको हैन । मैले एउटा भावना महसुस गरेँ, त्यो भावना अभिव्यक्त गरेको हो । 

म पनि सोचेर बस्नु पथ्र्याे । मैले बोले भने पार्टीले के भन्छ ? मेरो जागिर पो खुस्किन्छ कि !, परिवारप्रति लगाव भएको भएपनि परिवारलाई पनि ठेस, अपजस पर्छ भन्ने हुन्थ्यो । 

यति म आज कुनै राजनीतिक दल वा संगठनमा आवद्ध भएको भए वा कुनै दलको ‘प्रोजेक्ट’ गरिरहेको अथवा राजनीतिक पद वा मेयरकै सचिवालयमा भएको यतिको स्पष्टको साथ कुरा राख्ने छुट नै पाउने थिएनन् ।

आफूलाई लागेको कुरा अभिव्यक्त गर्ने, प्रश्न गर्ने, मनमा छाएको कुरा स्पष्टसँग राख्न सक्नु नै मेरो लागि त्यो महत्वपूर्ण हुन्छ ।  स्वतन्त्रता मेरा लागि महत्वपूर्ण हो । शक्तिको खोजमा गएको भए यो स्वतन्त्रता पनि हुने थियो । 

म पनि सोचेर बस्नु पथ्र्याे । मैले बोले भने पार्टीले के भन्छ ? मेरो जागिर पो खुस्किन्छ कि !, परिवारप्रति लगाव भएको भएपनि परिवारलाई पनि ठेस, अपजस पर्छ भन्ने हुन्थ्यो । 

अब, एक्लो फकिर भएपछि यस्तो विषयमा आत्मबल आउँदो रहेछ । 

त्यही भएर म राजनीतिक पार्टीमा वा चुनावमा पनि उठ्दिनँ होला । समयको माग पनि हुनसक्छ । अबको ५–१० वर्ष सक्रिय राजनीतिमा लाग्ने देख्दिनँ ।

–त्यसपछि राजनीतिमा आउन सक्ने कत्तिको सम्भावना छ ?

५–१० वर्षभन्दा उता मैले जीवन पनि कल्पना गरेको छैन । मृत्यु हुन्छ कि जीवित भइन्छ । म पटक–पटक मृत्युको संघारमा पुगको मान्छे हुँ । 

मैले जीवनलाई उपहारको रुपमा नै लिन्छु । 

धेरै शक्ति, समाजको ढाडस, संगठनका लागि खट्ने मेरो सोच छैन । 

ii-(4)-1696139802.JPG

–आज भन्दा तीन महिनाअघि ‘चमेली ग्रुप’ बनाउनु भएको थियो । के कसरी जन्मियो र के उद्देश्य थियो ?

मैले सुरुमा पनि भने कहीँ अन्याय भइरहेको, कसैका हात, कसैको खुट्टा भाँचिरहेको थियो ।  सबैभन्दा ठूलो कुरा हुँदा खाने वर्गको आत्मसम्मान नै गिराइएको छ । 

हिजो ‘एक्टिभिज्म’को पृष्ठभूमिबाट युवा नेतृत्व आउनुपर्छ छलफल चल्यो । तर, के हामीले चाहेको युवा नेतृत्व यस्तै हो त ? जुन नेतृत्वमा जवाफदेहिता छैन ।

मैले सुरुमा पनि भने कहीँ अन्याय भइरहेको, कसैका हात, कसैको खुट्टा भाँचिरहेको थियो ।  सबैभन्दा ठूलो कुरा हुँदा खाने वर्गको आत्मसम्मान नै गिराइएको छ । 

कुनै पनि न्युनतम् सहानुभूति छैन । हिजो चुनाव अगाडि ‘इनोभेटिभ’ र ‘प्रो–एक्टिभ लिडरशीप’ भनेर देखाइएको थियो ।   नयाँ ‘सोलुसन’ ल्याउने, ‘बिगार्ने होइन, बनाउने’ नेतृत्वको परिकल्पना गरिरहको थियौं । 

के यो साँच्चै यही हो त ? होइन भने उहाँलाई ‘राइट ट्याक’मा ल्याउने काम गर्नुपर्छ भन्ने महसुस गरेर हामी साथी–भाइबीचमा ‘ह्वाट्स एप ग्रुप’ बनायौं । 

बिस्तारै त्यसबाट नै अभियान चल्दै भएको हो । 

–सडकमा व्यवसाय गर्न दिने भन्ने कानुन छैन । यस्तो अवस्थामा कसरी व्यवसाय गर्न दिने ?

त्यसो भन्ने हो भने व्यवसाय गर्ने नदिने भन्ने कानुन पनि छैन । 

यो एकदम ‘लिगल ग्रे जोन’ हो । नगर प्रहरीको अधिकार ‘राइट अफ वे’मा भएको बाधाहरुलाई ‘क्लियर’ गर्ने हो । 

तिनलाई हिंसा गर्ने अधिकार छैन । जवर्जस्ती गर्ने हैन । 

ललितपुरका मेयर चिरिबाबुलाई हेर्नुस् उहाँका धेरै कमी–कमजोरी छ होलान् ।  पाको मान्छे पनि हुनुहुन्छ । दिनमा ७०–८० जना भेट्नुहुन्छ ।  कसैलाई पनि दुःखी बनाएर पठाउनु हुन्न । 

तिनलाई हुँदा खाने वर्गको समान छिनेर लगेर कवाड बनाउने वा लिलाम गर्ने अधिकार पनि छैन । सबै कुरा कानुनले सम्बोधन गर्ने हैन । 

जनप्रतिनिधि भनेको वा स्थानीय सरकार भनेको हार्दिकता र  व्यवहारिकतामा चल्नुपर्ने हो ।  ललितपुरका मेयर चिरिबाबुलाई हेर्नुस् उहाँका धेरै कमी–कमजोरी छ होलान् ।  पाको मान्छे पनि हुनुहुन्छ । दिनमा ७०–८० जना भेट्नुहुन्छ ।  कसैलाई पनि दुःखी बनाएर पठाउनु हुन्न । 

मैले देखेको छु, मानिसलाई सजिलो बनाउन उहाँ हासी राख्नु हुन्छ, । 

त्यहाँ सडक व्यवसाय पनि व्यवस्थित छ ।  सडक व्यवसायीसँग बोल्नु पर्‍यो भने नगर प्रहरीले कसरी बोल्छ ।  त्रुटि कमजोरी त्यहाँ पनि भएको छ, नभएको हैन ।  तर, कमसेकम काठमाडौंको तुलनामा हार्दिकता र व्यहारिकता छ । 

ठाउँ ‘फिक्स’ गरिएको छ, साइकल भित्री बाटोमा चलाउन ।  अब, कानुनले निषेध गरेको छ भन्दै त्यसरी नै चल्न थालियो भने हिंस्रक र कुरुप समाज बन्न जान्छ ।  किनभने कानुनले धेरै ठाउँमा हेर्दा भत्काउन, बिगार्न सजिलो बनाई दिएको छ । 

तर,  बनाउन गाह्रो छ । त्यही भएर हार्दिकता र व्यवहारिकताको ठूलो आवश्यकता छ ।  सायद, यो सहमतिपछि काठमाडौं महानगरपालिकामा पनि हार्दिकता आउँछ भन्ने हो । 

–चुनाव अगाडि फुटपाथ व्यवसायी र नगर प्रहरी परिचालनबारे बालेनले बोलेका थिए । चुनाव जितेपछि त्यो देखिएन । यसका मतलब चुनावअघि सबै झुटा आश्वासन दिन्छ भन्ने हो । तपाईंको बुझाई के हो ?

कमी कमजोरी भएको हुनसक्छ । बुझाई, कार्यशैली, वरिपरिका मान्छे कस्ता छन्, त्यसले पनि फरक पर्छ ।  मूलभूत रुपमा महानगरपालिका प्रमुखमा अहंकार देखियो । नसुन्ने प्रवृृत्ति देखियो । 

बढी भत्काउने बनाउने कम देखियो ।  सबभन्दा गल्ती, त्रुटि सार्वजनिक रुपमै देखिएको भनेको सडक व्यवसायीप्रतिको दुर्व्यवहार हो ।  अब सहमतिपछि उहाँ सच्चिन खोज्नु भएको छ । 

इमानदारिताको कुरा आउँछ ।  तर, सच्चिने र सहकार्यको ढोका खुलेको छ ।  हिजो हामी आन्दोलन गर्दै थियौँ । आन्दोलन गर्दा फरक माहोल, सोच हुन्छ ।  सहमतिमा आएपछि हार्दिकता र व्यवहारिकताको आश्वासन पाएका छौं । 

त्योपछि सहकार्यका रुपमा अघि बढ्नुपर्छ ।  किनभने भत्काउन सजिलो छ, तर बनाउन गाह्रो छ र बनाउन सहकार्य चाहिन्छ । 

–आन्दोलनमा सडक व्यवसायी पनि सहभागिता थियो । सडकमा कुन वर्ग, कस्ता खालका मान्छेले व्यवसाय गर्दा रहेछन् ?

साइकल, गाडामा समान राखेर दिउँसो घाम पानी नभनेर कसैले पनि रहरले गरेका छैनन् ।  रहरले गरेको भन्दा त्यो बुझाई पनि गलत हुन्छ ।  हजारमा एक जना देखाएर सबैले यस्तै गर्छन् भन्नु गलत गतल हो ।  अर्काे कुरा उहाँहरुमा उद्यमशीलताको गुण छ । 

बजारमा कस्ता खालका कपडा चल्छ, कपडावालालाई थाहा हुन्छ ।  कस्तो रंगको चल्छ ? कस्ता समान बिक्छ ? न्युन र मध्यम वर्गीय मान्छे कस्तो फलफूल मन पराउँछ ? 

त्यो फलफूल कति समय राख्न सकिन्छ ?  यो सबै कुरामा विज्ञ जस्तै हुन्छन् । यो सबै गुणहरु छन् ।  यसलाई कसरी सकारात्मक व्यवस्थापन गर्ने भन्ने हो ।  यसलाई निषेध गरेको अवस्थामा के हुन्छ । म उभिएको बेलामा दुईजना मान्छे आउनु भएको थियो । 

बजारमा कस्ता खालका कपडा चल्छ, कपडावालालाई थाहा हुन्छ ।  कस्तो रंगको चल्छ ? कस्ता समान बिक्छ ? न्युन र मध्यम वर्गीय मान्छे कस्तो फलफूल मन पराउँछ ? 

त्यसमा एक जना सडक व्यापारी हुनुहुन्थ्यो ।  अर्काेको महाबौद्धमा होलसेल रहेछ । उहाँले व्याग बनाउन आवश्यक पर्ने सामग्री उपलब्ध गराउनु हुने रहेछ । मैले एउटा जुत्ता अनलाइनमा हेरेको एक हजार रुपैयाँ मूल्य थियो । 

बाटोमा हिँड्दै गर्दा ललितपुरमा ठेलामा देखेँ ।  मैले उहाँलाई मूल्य सोधेँ, त्यही जुत्ता ६०० रुपैयाँ रहेछ ।  बार्गेनिङ नहुँदा ४०० रुपैयाँको अन्तर देखियो । त्यो चार सय भनेको उपल्लो मध्यम वर्गीय मान्छेलाई एक कफ कफी हुनसक्छ ।

ii-(3)-1696139802.JPG

मध्यमवर्गलाई रमाइलो गर्ने, फिलिम हर्ने वा खाजा खार्ने खर्च हुन सक्छ ।  निम्नवर्गका मान्छेलाई ६–७ किलो मोटो चामल हुनसक्छ ।  तरकारीलगायत अरु कुरामा त्यस्तै हुन्छ । उहाँहरुलाई लाइसेन्समा कसरी ल्याउने, ‘प्रमिट फी’ कसरी तिराउने, त्यो आफ्नो ठाउँमा छ । 

काठमाडौंकै जनसंख्या भएको चन्डीगढ २०१७ देखि २०२१ सम्म २० करोड रुपैयाँ ‘प्रमिट फी’बाट उठाएको छ ।  सायद काठमाडौंमा त्यो उठाउन सकिन्छ होला । त्यो आफ्नो ठाउँमा छ । यी कुरालाई आत्मसात् गर्नुपर्याे । सहकारीको कुरा आउला, साना–साना सहकारीले साना व्यवसायीबाट उठाइरहेका थिए । 

यो सबै कुरालाई मनन गरेर व्यवस्थापन गर्नुपर्छ जस्तो मलाई लाग्छ ।  किनभने ‘इको सिस्टम’मा भनिन्छ, एउटा ‘स्पेसीफिकेसन’को अवसान भयो भने त्यसले सबै क्षेत्रमा असर पार्छ  ।  त्यसै गरेर एउटा वर्गलाई विस्थापित गर्दा त्यो अवस्य नै असर पर्छ । 

–धेरैले गाउँको जग्गा बाँझो राखेर काठमाडौंमा आएर सडकमा व्यवसाय गर्नेलाई गाउँ नै फर्काउनुपर्छ भन्ने पनि छन् । यसलाई कसरी हेर्नु भएको छ ?

यो ‘जिनोफोविक’, ‘रेसिस्ट’, ‘एलिटिक्स’ सोच हो । 

सहर चाहिँ एकदम धनीहरुको होस्, सहरका लागि मात्र होस् भन्ने सोचले निर्देशित हो । यही दृष्टिकोणले हेर्दा यहाँको मान्छे काम र अवसरको खोजीमा अमेरिका जानु पनि भएन, अष्ट्रेलिया जानु भएन । 

अमेरिका, अष्ट्रेलियामा अंग्रेजी र स्पेनिसपछि बढी बोल्ने भाषा नेपाली भइसक्यो ।  भारतमा काम गर्न जानु पनि भएन । त्यो किसिमले हेर्न थालियो भने संसार एकदम संकीर्ण खालको हुन्छ । 

सहर चाहिँ एकदम धनीहरुको होस्, सहरका लागि मात्र होस् भन्ने सोचले निर्देशित हो । यही दृष्टिकोणले हेर्दा यहाँको मान्छे काम र अवसरको खोजीमा अमेरिका जानु पनि भएन, अष्ट्रेलिया जानु भएन । 

हाम्रो स्वभाव करुणा हो कि क्रूरता भन्ने हो ।  यो सहरमा यस्ता धेरै काम छन् ।  जुन काम यहाँ घर भएका मान्छेले गर्दैनन्, गर्न पनि सक्दैनन् । त्यसपछि पठाओ, इन्ड्राइभर, ट्याक्सी वा अनलाइन सेल्स गर्ने गर्दा ग्रीस इकोनमी हुन्छ । 

सडक व्यवसायीले गर्दा कसिङ्गर हुन्छ । यही  समस्या हो ।
 
इनिष्ट्राग्राम वा विभिन्न पेजबाट  समान बेचिरहेका छन्, ब्याक एन्ड वाइटको दृष्टिकोणले हर्ने हो भने त्यो पनि गैरकानुनी हो । 

अब, के उहाँहरुलाई पनि उठिवास लगाउने त ? राणाकालीन सयममा यहाँको नेवाः समुदायले व्यापार विस्तार गर्न धेरै सुविधा पाउनु भयो ।  जसले गर्दा मेची महाकाली र दार्जीलिङमा पनि नेवाः समुदाय हुनुहुन्छ ।  व्यापार गर्दै त्यहाँ पुगेको देखिन्छ । पश्चिममा गएपनि दार्चुला, कुमाऊ, गढवालमा व्यापार गर्दै गएको नेवाः समुदाय छ । 

कुनैबेला राज्यले व्यापार गर्ने सेवा दिएकाले त्यो भयो ।  हाम्रोमा यताउता गर्ने विविधता छ ।  काठमाडौंमा जुन रैथाने संस्कृति, परम्परा र भाषा छ ।   त्यो कुरामा धेरै ‘मार्जिनलाइसेसन’ भएको हो । 

आर्थिक हिसावले काठमाडौंको समुदाय भनेको देशकै सम्पन्न समुदाय हो । त्यही भएर हाम्रो सोच ‘डाइनामिक’ हुुनुपर्छ ।

–महानगरसँगको सहमति पत्रमा तपाईँको औंठाछाप थियो । सामाजिक सञ्जालमा धेरैले प्रश्न पनि उठाएको थिए । किन औंठाछाप लगाउनु भयो ?

त्यस्तै मान्छेलाई टाउको दुखाउन हो । ल्याप्चे झन् खतरा हो । ल्याप्चे भनेको हस्ताक्षरभन्दा पनि आधिकारिक हो । 

नागरिकता, ‘वायोमेट्रिक्स’मा आदिमा ल्याप्चे चल्छ ।  यसै गरेर प्रश्न गर्न वाध्य बनाउन र रमाइलोका लागि हो ।  उनीहरुको प्रश्न देखेर हाँस्न मैले लेप्चे हानेको हो । म पहिलेदेखि नै यस्तै हो । 

त्यस्तै मान्छेलाई टाउको दुखाउन हो । ल्याप्चे झन् खतरा हो । ल्याप्चे भनेको हस्ताक्षरभन्दा पनि आधिकारिक हो । 

मैले ल्याप्चे लगाएको देखेर उज्वल दाइ पनि ल्याप्चे हान्न सुरु गर्नु भएको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ११:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement