site stats
बाह्रखरी :: Baahrakhari
देश
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । सुर्खेतमा मोटरसाइकलको ठक्करबाट शनिबार बिहान एक बालकको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–४ का रोजना पुरीको छोरा ६ वर्षीय टेकदर्शनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हाल नम्बर नखुलेको मोटरसाइकलले वीरेन्द्रनगर–३, भैरवस्थानमा बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट उनी गम्भीर घाइते भएका थिए । उपचारका क्रममा सुर्खेतस्थित कर्णाली केयर अस्पतालमा उनको मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकल र चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  २०:४९
प्रतिक्रिया दिनुहोस्