site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गजल
Tiktok banner adTiktok banner ad

श्रवणकुमार ढुंगाना


माफिया, दलालहरूको नाइके बन्न सक्छ जो, सरकार पनि उसैलाई,   
निमुखा, निरीह, दरिद्रमाथि अत्याचार गर्न सक्छ जो, तरवार पनि उसैलाई ।

सुक्को खर्च गरेन बजेट, खायो, पुर्‍याउने ठाउँमा पुर्‍यायो उसले
त्यसैले त रोजे रोजेको ठाउँ अनि हाकिमको असीम प्यार पनि उसैलाई ।

माथिको नजरमा कुकुर थियो, डाँका थियो ऊ, एक्लै एक्लै खाँदासम्म,
माथि भाग पुगेपछि मान्छे–कुकुर छुट्ट्याउने अधिकार पनि उसैलाई ।

लायकको पदवी खोसी नालायकको छातीमा छ, निरीह भै हेर्छ जनता,
कठै, जनता ! त्यो नालायक पाल्ने भार, अहो, अत्याचार पनि उसैलाई !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १०:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro