मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा मध्यावधि निर्वाचन भए एमालेले बहुमत ल्याउने दाबी गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरे ।
ओलीले कोसी प्रदेश सरकारको स्थायित्व आवश्यक रहेको बताए । उनले मध्यावधि निर्वाचनतर्फ जानु बुद्धिमतापूर्ण नभएकाले यसतर्फ राजनीतिक दलहरूले गम्भीर मनन गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री ओलीले वर्तमान गठबन्धन सरकारको विकल्प नभएको पनि बताए । उनले प्रमुख पार्टी जिम्मेवार नभएसम्म अर्को सरकार निर्माण हुन नसक्ने टिप्पणी गरे ।
अध्यक्ष ओलीले एमाले र नेपाली कांग्रेस मिलेर सरकार निर्माण गर्नेतर्फ अहिले केही नसोचेको बताए । उनले वर्तमान गठबन्धन सरकारले देश र जनताको हितको केही कार्य नगरेको बताए ।