site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एडीबी र विश्व बैंकले सरकारसँग गर्‍यो आयोजनाको प्रगति समीक्षा

काठमाडौं । नेपाल सरकार, एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकले ‘त्रिपक्षीय पोर्टफोलियो समीक्षा बैठक’सम्पन्न गरेको छ । 

बैठकमा नेपालमा दुवै बैंकको सहयोगमा सञ्चालनमा रहेका परियोजनाको प्रगति मूल्यांकनमा छलफल भएको छ ।

Dabur Nepal
NIC Asia

अर्थमन्त्री डा. प्रकाशशरण महत र अर्थ सचिव कृष्णहरि पुष्करको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकारका सचिवहरू, एडीबी र विश्व बैंकका वरिष्ठ अधिकारी, आयोजना निर्देशक तथा कर्मचारीको सहभागिता रहेको थियो ।

सहभागीले हालको प्रगति विवरण साझा गरेका थिए । त्यससँगै बैठकमा समाधान नगरेमा समग्र पोर्टफोलियोमै बाधा पार्ने किसिमका विभिन्न अवरोध र चुनौतीको बारेमा छलफल समेत भएको छ ।

अर्थमन्त्री महतले विश्व बैंकले नेपालको विकासमा वर्षौंदेखि गर्दै आएको सहयोगको लागि कृतज्ञता व्यक्त गरेका छन् ।

बैठकमा एडीबी नेपालका अधिकृत अरनाउड हेकम्यानले पोर्टफोलियो सफलता सुनिश्चित गर्नका लागि सक्रिय रूपमा समस्या सम्बोधन गरेकोमा अर्थ मन्त्रालय नेतृत्वको प्रशंसा गरेका छन् ।

उनले विकास आयोजनाको सकारात्मक प्रभावलाई उच्च बनाउन स्रोतको प्रभावकारी उपयोग र परियोजना कार्यान्वयन हुनु आवश्यक रहेको बताएका छन् ।

उनले ढिलाइलाई कम गर्ने र आफ्ना परियोजना अघि बढेको सुनिश्चित गर्ने तथा एजेन्सीहरूसँग सहकार्य जारी राख्ने बताए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro