site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
दुई महिनामा सात अर्ब आठ करोडको निर्जीवन बिमा व्यवसाय

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को दुई महिनामा १४ निर्जीवन बिमा कम्पनीले सात अर्ब आठ करोड ४८ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । 

नेपाल बिमा प्राधिकरणका अनुसार निर्जीवन बिमा कम्पनीले चार लाख आठ हजार ९७३ बिमालेख बिक्रीबाट उक्त बिमा शुल्क आर्जन गरेका हुन् ।

Dabur Nepal
NIC Asia

दुई महिनाको तथ्यांक हेर्दा निर्जीवन बिमा कम्पनीहरूले सबैभन्दा कम कृषि बिमा गराएका छन् । भदौ मसान्तसम्म निर्जीवन बिमा कम्पनीहरूले कृषि तथा बाली बिमाबापत ३५ करोड ४६ लाख रुपैयाँ शुल्क उठाएका छन् । 

सबैभन्दा बढी मोटर तथा सम्पत्ति बिमाबापत शुल्क आर्जन गरेका छन् । मोटर बिमाबापत एक अर्ब ९८ करोड ८१ लाख रुपैयाँ आर्जन गरेका छन् भने सम्पत्ति बिमाबाट एक अर्ब ८९ करोड ५७ लाख रुपैयाँ आर्जन गरेका छन् ।

कम्पनीगत रूपमा हेर्दा १४ निर्जीवन बिमा कम्पनीमध्ये सबैभन्दा बढी सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बिमा शुल्क आर्जन गरेको छ । यो कम्पनीले साउन र भदौमा ४६ हजार ९५८ बिमालेख बिक्रीबाट ९१ करोड ४७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको हो । 

त्यस्तै, बढी बिमा शुल्क आर्जन गर्ने दोस्रोमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स छ । यो कम्पनीले दुई महिनाको अवधिमा ५० हजार ८६१ बिमालेख बिक्रीबाट ७२ करोड ४१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा कम कुल बिमा शुल्क आर्जन नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गरेको छ । यो कम्पनीले साउन र भदौमा गरेर २३ करोड ६१ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । उक्त अवधिमा यो कम्पनीले २७ हजार २२ बिमालेख बिक्रीबाट उक्त बिमा शुल्क आर्जन गरेको हो ।  

Beema-Bhadau-1695902206.jpg

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १७:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro