site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले वाग्मती अधिवेशन : पाण्डेले लिए उमेदवारी फिर्ता, ढुंगेललाई सघाउने
केशवराज पाण्डे ।

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नेतृत्व चयनको प्रक्रिया अघि बढाइएको छ ।

अध्यक्ष पदमा पाँच आकांक्षीले उमेदवारी दर्ता गराएका थिए । त्यसमध्ये केशवराज पाण्डेले आफ्नो उमेदवारी फिर्ता लिएका छन् । उनले अर्का प्रत्याशी कैलाश ढुंगेललाई समर्थन गर्ने बताएका छन् ।

Dabur Nepal
NIC Asia

अब अध्यक्षका निम्ति चार प्रतिस्पर्धी छन् । निर्वाचनमार्फत नेतृत्व चयनको तयारी गरिएको छ ।

निर्वाचनमा विद्तुतीय भोटिङ मेसिनको प्रयोग गरिँदै छ । त्यसका लागि राम–लक्ष्मण भोटिङ मेसिन पार्टी कार्यालयमा लगिएको छ । विद्युतीय मेसिनमा उमेदवारको नाम ‘इन्ट्री’ गर्न करिब चार घण्टा लाग्ने भएकाले निर्वाचन प्रक्रिया लम्बिने देखिएको छ ।

भोटिङ मेसिन अनुसन्धानकर्ता समेत रहेका निर्वाचन प्राविधिक लक्ष्मण रिमालका अनुसार अन्तिम नामावली प्रकाशन भएको चार घण्टापछि मात्र मतदान सुरु गर्न सकिन्छ ।

“उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछिको चार घण्टा त हामीलाई नै चाहिन्छ । अन्तिम नामावली आएपछि हामीले नाम इन्ट्री गर्नुपर्छ । भर्खरै प्रारम्भिक नाम आएको जानकारी आएको छ,” उनले भने ।

एमालेले राम–लक्ष्मण इनोभेसनसँग आज बिहान ८ बजेदेखि मतदान गर्ने सम्झौता गरे पनि ढिलाइ भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro