site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पुरुष खुलामा बिकिन र महिलातर्फ सविता सर्वोत्कृष्ट घोषित

काठमाडौं । नेपाल युथ फिटनेस एण्ड केलिसथेनिक्सको आयोजनामा राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा पुरुष खुलामा बिकिन जोशी र महिला खुलामा सविता ह्यान्जु सर्वोत्कृष्ट विजेता घोषित भएका छन् । 

असोज ८ र ९ गते गरी दुई दिन चलेको प्रतियोगितामा देशभरबाट १३६ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्स गरी कुल चार विधाभित्र ११ समूहमा प्रतिस्पर्धा भएको थियो । 

Dabur Nepal
NIC Asia

पुरुष खुलाअन्तर्गत ६२ किलोभन्दा कम तौल समूहमा निमेष चुकान, ६३–६९ किलो तौल समूहमा बिकिन जोशी, ७०–७७ किलो तौल समूहमा रविन राई, ७८–८५ किलो तौल समूहमा विकेश श्रेष्ठ र ८५ किलो तौलभन्दा माथिमा ओजस जोशीले प्रथम स्थान हासिल गरे ।

महिला खुलाको ८५ किलो तौल समूहमा सविता ह्यान्जु, ५९–६४ किलो तौल समूहमा पुनज बम्जन र ६४ किलोभन्दा माथिको तौल समूहमा शर्मिला शाह पहिलो भए ।

यस्तै, जुनियरतर्फ २१ वर्ष मुनिको उमेर समूहमा जेम्स विप्लव प्रथम भए । मास्टर्स ४५ माथिको उमेर समूहमा ताराबहादुर थापा र महिला ४० वर्ष माथिको उमेर समूहमा लक्ष्मी महर्जन पहिलो भए । 

प्रतियोगिताको सबै विधामा पहिलो हुनेले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यस्तै, समग्रमा पहिलो भएका बिकिन र सविताले भने नेपालको बलियो एथलेटको उपाधिसहित समान ३७ हजार ५०० रुपैयाँबाट पुरस्कृत भए ।

प्रतियोगिताको समापन समारोहमा नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सका संस्थापक अध्यक्ष सुकदेव कार्की, प्रतिनिधिसभा सदस्य गगनकुमार थापा, पिन्टोला नेपालका सञ्चालक प्रेमहरी मैनाल लगायतको उपस्थिति थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १२:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro