site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उच्च पदस्थ व्यक्तिले विदेश भ्रमण गर्दा खर्च बढ्यो : सांसद भट्टराई
फाइल तस्बिर।
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले सरकारका उच्च पदस्थ व्यक्तिहरु अनावश्यक ठाउँमा पनि विदेश भ्रमणमा जानाले साधारण खर्च बढिरहेको बताएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले पछिल्लो ६ महिनामा हरेक दिन कोही न कोही सरकारका मन्त्रीहरु विदेश भ्रमणमा रहेका बताए । उनले कोभिड १९ अगाडिको समयमा भन्दा बढी अहिले सरकारका प्रधानमन्त्री, मन्त्री तथा कर्मचारीहरुको भ्रमण भइरहेको बताए ।

Agni Group

शाखा अधिकृत जाँदा पनि हुने कार्यक्रममा समेत मन्त्री विदेश जाने भन्दै उनले यसले साधारण खर्च बढिरहेको बताए । यसरी भ्रमण गर्नु फजुल खर्च गर्नु मात्रै भएको भन्दै सांसद भट्टराईले पछिल्लो ६ महिना, वर्ष दिनमा भ्रमण गएकाहरुको विवरण र औचित्यको सम्बन्धमा समितिमा छलफल गर्नुपर्ने माग गरे ।

सांसद भट्टराईले राष्ट्रिय गौरवका आयोजनाहरुले समयमै कार्य सम्पादन गर्न नसकेका भन्दै यसतर्फ समितिले गम्भीर रुपमा चासो लिनुपर्ने बताए ।

Global Ime bank

आजका दिनसम्म सुन तस्करी छानबिनसम्बन्धी आयोगले गर्ने कार्यादेशमा समेत सहमति जुट्न नसकेको भन्दै उनले सरकार छानबिन गर्नबाट पछि हट्दै गएको बताए । आन्दोलनरत राहत शिक्षकहरुको माग सम्बोधन गरेर उनीहरुलाई तुरुन्त कक्षाकोठासम्म पु¥याउनुपर्ने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu