site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सरकारले नबुझेरै शिक्षा विधेयक ल्यायो, सच्याउनैपर्छ : चन्द्र भण्डारी
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक सच्याउन आफूहरू लागिपरेको बताएका छन् । सरकारले शिक्षा क्षेत्र नै नबुझिकन हतारमा विधेयक ल्याएको तर्क गरे । 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आन्दोलनरत पक्षको माग सम्बोधन हुने गरी विधेयक पारित हुने बताए । 

"शिक्षासम्बन्धी जुन विधेयक आएको छ, यो भनेको केवल शिक्षकको व्यवस्थापन, कर्मचारीको व्यवस्थापन होइन । योसित अभिभावक हुन्छन् । योसित विद्यार्थी हुन्छन् । योसित पाठ्यक्रम हुन्छ । योसित परीक्षा प्रणाली हुन्छ । त्यसकारणले सरकारले पेस गर्ने हो । सम्बन्धित निकायसँग कुरा नगरिकन हतारमा पेस गर्‍यो । अत्यन्तै ठूलो मेच्युरिटीको अभाव । त्यसकारणले टिचरहरूले आन्दोलन गरे," उनले भने ।

अर्को प्रसंगमा उनले चिकित्सकमाथि हातहात हुनु अत्यन्तै दु:खद भएको  बताए । यस्ता घटना हुन नदिन कडा कानून बनाउनुपर्ने उनको भनाइ छ । 

"अहिले डाक्टरहरू जुन आन्दोलनमा हुनुहुन्छ । जो मानिसको जीवनसँग जोडिएको छ । ती डाक्टरहरूमाथि हातपात हुनुभएको अन्यन्त दु:खद कुरा हो," भण्डारीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro