site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डेंगी संक्रमितको संख्या ३१ हजार नजिक, उपत्यकामा एकहजार नाघ्यो

काठमाडौं । पछिल्ला केही दिनयता डेंगी संक्रमितको संख्या निरन्तर बढिरहेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता १९ सेप्टेम्बरसम्म डेंगीबाट ३० हजार ८९८ जना संक्रमित भएका छन् ।

सेप्टेम्बरका २५ दिनमा सात हजार ७७९ जना डेंगी संक्रमित थपिएका छन् । डेंगीबाट जुलाईयता १५ जनाको मृत्यु भएको छ । 

हालसम्म सबैभन्दा धेरै कोसी प्रदेशमा २२ हजार ५४० जना संक्रमित भएका छन् । 

त्यस्तै, वाग्मतीमा चारहजार ४६०, मधेसमा ५६७, गण्डकीमा एकहजार ८४०, लुम्बिनीमा ५०६, कर्णालीमा ८७ र सुदूरपश्चिममा ८९८ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा एकहजार ६२ जना संक्रमित भएको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro