site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । सुनका गरगहना किन्ने बहानामा चोरी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा काठमाडौंको तारकेश्वर नगरपालिका–९ घर भइ ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तार्केश्वर नगरपालिका–४, पुरानो गुहेश्वरी बस्ने २२ वर्षीय सुमन पुतुवार, नुवाकोटको बेलकोटगढी नगरपालिका–७ का ३६ वर्षीय वीरेन्द्र विक र भारतको महाराष्ट्र घर भइ काठमाडौंको माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे रहेका छन् । 

प्रहरीका अनुसार काठमाडौं उपत्यकाका विभिन्न सातभन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई सुनका गरगहना किन्ने बहानामा चोरी गर्ने गरिएको भेटिएको छ । 

घटना अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले चोरीमा संलग्न रत्न र सुमनलाई गत शुक्रबार पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा अन्य दुई जनालाई सोमबार पक्राउ गरेको हो । उनीहरूमध्ये रत्न चोरी गर्ने, सुमन स्कुटर चालक र रिद गर्ने व्यक्ति रहेको खुल्न आएको छ । 

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro