site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
लेखापरीक्षण गर्नेहरूको वित्तीय अनुशासन छानबिन गर्नुपर्छ : लिङदेन
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लेखापरीक्षण गर्नेहरू वित्तीय अनुशासनमा भए/नभएको विषयमा सार्वजनिक लेखा समितिले छानबिन गर्न आवश्यक रहेको औँल्याएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

उनले महालेखापरीक्षकहरूले अंकमा बेरुजु देखाउने मात्र नभएर जवाफदेही बनाउनुपर्नेमा जोड दिए । हरेक वर्ष उच्च रूपमा बेरुजु बढ्नुको प्रमुख कारण समेत महालेखापरीक्षकले खुट्ट्याउन आवश्यक रहेको उनले बताए ।

Dabur Nepal
NIC Asia

देशको ऐन, कानुन वा नेतृत्वबारेमा महालेखापरीक्षकको दृष्टिकोण प्रस्ट हुन आवश्यक रहेको उनले उल्लेख गरे ।

“वर्षैपिच्छे बेरुजु बढ्दै जानुपर्ने कारण के हो ? त्यसमा पनि बेरुजुको आधा हिस्साभन्दा बढी देशको अर्थतन्त्र र भौतिक पूर्वाधार मन्त्रालययअन्तर्गत हुने कारण महालेखापरीक्षकको दृष्टिकोणमा, देशको ऐन, कानुन वा नेतृत्वको कारण छ । यस्ता कुराहरू आउनुपर्छ । बेरुजुसँग कोही न कोही जोडिनुपर्छ । कसको कार्यकालमा भएको हो, जवाफदेही को हुनुपर्छ,” उनले भने, “महालेखापरीक्षकले देखाइदिएर मात्रै पुग्ने तर बेरुजुको जिम्मेवारहरू माथिल्लो निकायमा जानेर अर्कोले पनि बेरुजु थप्दै थप्दै जाने हो । हामीले अंक मात्रै देखाइदिने हो ? जवाफदेही बनाउन के कुराले रोक्यो ? एक वर्षको बेरुजु अर्को वर्ष फर्छ्योट नभए को जिम्मेवारी हुने र के कुराबाट वञ्चित हुने हो भन्ने कुरा राम्रो हुन्छ । लेखापरीक्षण वित्तीय अनुशासन कायम गर्नको लागि गरिन्छ भन्छौँ, लेखापरीक्षण गर्नेहरू नै कतिको वित्तीय अनुशासनमा छन् ? लेखापरीक्षण गर्न जानेहरू रकम लिएर काम गर्ने कुराहरू आएका छन्, यो विषयमा पनि ध्यान पुग्न सक्नुपर्छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro