site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’ भयो : केसी
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संवैधानिक परिषद् ‘भागबन्डा परिषद्’का रूपमा विकसित भएको टिप्पणी गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

सरकार र सत्तामा हुनेहरूले संवैधानिक परिषद्लाई निरीह र छायामा राख्ने काम गरिरहेको उनको आरोप छ । उनले संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले ‘छाया’ बनाउन नसक्ने बनाउन आवश्यक रहेकामा जोड दिए ।

महालेखापरीक्षक र महालेखा नियन्त्रक कार्यालयको बेरुज कम गर्ने विषयमा कडाइ गर्नुपर्ने उनले बताए । उनले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुन सक्ने उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro