site stats
बाह्रखरी :: Baahrakhari
देश
सरकारलाई माग सुनाउन भन्दै सिटी फुके राहत शिक्षकले

काठमाडौं । आन्दोलनरत राहत शिक्षकले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । यस दिन उनीहरूले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकाले । सिटी फुके ।

सरकारलाई आफ्ना माग सुनाउन सिटी फुकेको उनीहरूले बताएका छन् । शिक्षकहरूले शिक्षा विधेयक खारेज गर्नुपर्ने र आफूहरूका माग पूरा गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

r3-1695723194.jpg

यही असोज ५ गते सरकार र शिक्षक महासंघका पदाधिकारीबीच शिक्षा विधेयकका विषयमा ६ बुँदे सहमति भएको थियो । राहत शिक्षकले त्यसप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन जारी राखेका छन् ।

r2-1695723193.jpg

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्