site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो छ : श्रममन्त्री
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहको बताएका छन् ।

मंगलबार खानेपानी मन्त्रालयले काठमाडौंमा आयोजना गरेको खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी सम्मेलनमा बोल्दै कार्यवाहक खानेपानीमन्त्री समेत रहेका भण्डारीले सरकार, निजी क्षेत्र र दातृ निकाय तथा समुदायको सामूहिक प्रयासबाट नै खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सकिने बताए ।

Agni Group

संविधानमा उल्लेख स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको उनको भनाइ छ । मन्त्री भण्डारीले अहिले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरे पनि सचेतनाको अभावमा केही क्षेत्रमा कार्यान्वयनमा कमी देखिएकाले स्थानीय संघसंस्थाहरुले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

मन्त्री भण्डारीले दिगो विकास लक्ष्यसँग जोडिएको उक्त विषयलाई विशेष रूपमा लिएर काम गर्न सके समतामूलक समाज निर्माणमा सहयोग पुग्ने जिकिर गरे ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu