site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
ह्याकरले चोरे २० करोड अमेरिकी डलरको क्रिप्टो

काठमाडौं । हङकङमा आधारित क्रिप्टोकरेन्सी अथवा क्रिप्टो कम्पनी मिक्सिनले ह्याकरहरूले करिब २० करोड अमेरिकी डलर बराबरको चोरी गरेको जनाएको छ ।

“हङकङको समयअनुसार २०२३ को सेप्टेम्बर २३ को बिहान मिक्सिन नेटवर्कको क्लाउड सेवा प्रदायकको डाटाबेसलाई ह्याकरहरूले आक्रमण गरी केही सम्पत्ति गुमेको छ,” कम्पनीले पहिले ट्विटर भनिने एक्समा लेखेको छ ।

“मिक्सिन नेटवर्कमा जम्मा गर्ने र निकाल्ने सेवा अस्थायी रूपमा रोकिएको छ । कमजोरी पुष्टि गरेर समाधान भइसकेपछि सबै पक्षबीच छलफल र सहमति भइ सेवा पुनः सुरु हुनेछ,” कम्पनीले लेखेको छ ।

मिक्सिनले अनुसन्धानमा सहयोग गर्न गुगल र क्रिप्टो सुरक्षा फर्म स्लोमिस्टसँग सम्पर्क गरेको बताएको छ । ह्याकरहरूले मिक्सिनको क्लाउड डाटाबेसमा ह्याक गरिसकेपछि कसरी चोरी गरे भन्ने विषय भने पत्ता लागेको छैन किनकी मिक्सिन विकेन्द्रीकृत अथवा डिसेन्ट्रलाइज्ड भनिएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu