site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले वाग्मती अधिवेशन : बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको पहिलो अधिवेशन जारी छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार बन्दसत्र सुरु भएको छ । बन्दसत्र सुरु हुनुअघि अध्यक्षमण्डल बनाइएको छ ।

गुरु बरालको नेतृत्वमा ११ सदस्यीय अध्यक्षमण्डल बनाइएको हो । बराल पार्टीको वाग्मती प्रदेश इन्चार्ज हुन् ।

Dabur Nepal
NIC Asia

अध्यक्षमण्डलले सर्वसम्मत नेतृत्वका लागि प्रस्ताव गर्नेछ । त्यसमा सहमति नभए निर्वाचन प्रक्रिया अघि बढाइने पार्टीले जनाएको छ ।

सोमबार भृकुटीमण्डपमा अधिवेशन उद्घाटन गरिएको थियो । उद्घाटनसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताले सम्बोधन गरेका थिए । अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि ओलीले आग्रह गरेका थिए ।

सर्वसम्मत हुन नसके एकल प्रतिस्पर्धामा उनले जोड दिएका थिए । प्यानलगत प्रतिस्पर्धा नगर्न उनले निर्देशन नै दिएका थिए । प्यानल बनाए उमेदवारी खारेज गर्नेसम्मको अधिकार अध्यक्षमण्डललाई दिन ओलीले निर्देशन दिइसकेका छन् ।

एमाले वाग्मती अध्यक्षका लागि कैलाश ढुंगेल, कृष्ण दाहाल, कृष्णभक्त पोखरेल, केशवराज पाण्डे, सानु श्रेष्ठलगायत नेता आकांक्षी छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ११:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro