site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि डाक्टर कुटिएपछि संघले भन्यो– कारबाही नभए परिस्थितिको सामना गर्न तयार हुनू

काठमाडौं । पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सक डा. अनिल शाहमाथि हातपात भएपछि नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले सोमबार राति एक विज्ञप्ति जारी गर्दै निरन्तररूपमा चिकित्सकमाथि शारीरिक हातपात हुँदा देशभरका स्वास्थ्य संस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भएको जनाएको छ । 

संघद्ये दोषीलाई कारबाही नगरिए नियमित स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण गम्भीररूपमा प्रभावित हुने चेतावनी पनि दिएको छ ।

"चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षाको प्रत्याभूति राज्यको तर्फबाट हुँदैन भने नियमित स्वास्थ्य सेवा प्रवाहमा आउन सक्ने अस्वाभाविक परिस्थितिप्रति नेपाल सरकार जिम्मेवार हुनुपर्ने छ," संघले भनेको छ ।

अस्पतालमा उपचार गर्ने क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–७ का ५७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएको थियो । उनलाई लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएको थियो । उनको निधनपछि आक्रोशित मृतकका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण निधन भएको आरोप लगाएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २२:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro