site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मणिपाल अस्पतालका डाक्टरमाथि हातपात, एकजना पक्राउ 

पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा एक डाक्टर कुटिएका छन् । अस्पतालमा कार्यरत डा.अनिल साहमाथि हातपात भएको हो ।

अस्पतालमा उपचार गर्ने क्रममा लमजुङको सुन्दरबजार नगरपालिका–७ का ५७ वर्षीय बिरामी सुकमाया दुराको सोमबार दिउँसो मृत्यु भएको थियो । उनलाई लमजुङबाट उपचारका लागि बिहान मणिपालमा ल्याइएको थियो ।

उनको निधनपछि आक्रोशित मृतकका आफन्तले डाक्टरमाथि हातपात गरेको प्रहरीले जनाएको छ । हातपात गर्ने मध्येका एकजनालाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण निधन भएको आरोप लगाएका छन् ।

अस्पताल तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अस्पतालका निर्देशक कृष्णमोहन श्रेष्ठका अनुसार अहिले अस्पताल प्रशासन र मृतकका आफन्तसँग वार्ता भइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १९:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro