site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एसियाली खेलकुदमा नेपालको प्रदर्शन अत्यन्तै निराशजनक, कुन खेलमा कस्तो ? 

काठमाडौं । चीनमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला फुटबलमा नेपाली टिम जापानसँग ८–० ले पराजित भएको छ । वेन्झाव ओलम्पिक स्पोर्ट्स सेन्टर रंगशालामा भएको समूह ‘डी’ को खेलमा नेपालले जापानसँग फराकिलो हार बेहोरेको हो ।

पहिलो पटक एसियाली खेलकुदमा सहभागी महिला फुटबलमा नेपाल यसअघि समूह चरणको पहिलो खेलमा भियतनामसँग २–० ले पराजित भएको थियो । लगातार दुई हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार दक्षिण एसियाली राष्ट्र बंगलादेशको सामना गर्ने छ ।

बास्केटबल : नेपाल जापानसँग पराजित

Dabur Nepal
NIC Asia

एसियाली खेलकुदको महिला यू–२३ थ्री बाई थ्री बास्केटबलमा नेपाल पराजित भएको छ । डेजिङ जियोग्राफिक इन्फोर्मेसन पार्कमा भएको समूह ‘बी’को लिग खेलमा जापानले नेपाललाई २२–४ ले पराजित गरेको हो । नेपालका लागि मिना गुरुङ र गरिशा सिलवालले समान २–२ स्कोर गरे । नेपाली टोलीका सहभागी अन्य खेलाडीमा कप्तान श्रेया खड्का र रिन्चेन मोक्तान रहेका छन् ।

nepal-(blue)-&-japan,-basketball.-1695658238.jpg

समूह ‘बी’ मा चाइनिज ताइपेई र काजाकिस्तान पनि छन् । नेपालले बुधबार काजाकिस्तानसँग तथा ताइपेईंसँग शुक्रबार प्रतिस्पर्धा गर्ने छ ।

साइक्लिङ : सुरज र उषाले दूरी पूरा गरेनन्

साइक्लिङमा नेपालका सुरज राना मगर र उषा खनालले सोमबार निर्धारित दूरी तय गर्न असफल रहे । दुवैले माउन्टेन बाइक क्रसकन्ट्रीमा प्रतिस्पर्धा गरेका थिए । योसँगै साइक्लिङमा नेपालको चुनौती समाप्त भएको छ । टोली मंगलबार स्वदेश फर्किंदै छ ।

पुरुषको २५.५ किलोमिटर दूरी तय गर्ने क्रममा सुरज दोस्रो ल्यापमा घाइते भएको प्रशिक्षक देवेन्द्र बस्नेतले जनाएका छन् । ५ ल्यापको प्रतिस्पर्धामा सुरजसँगै फिलिपिन्सका २ तथा दक्षिण कोरिया र यूएईका १–१ खेलाडीले पनि दूरी पार गर्न सकेनन् । चीनका खेलाडीले स्वर्ण र रजत जित्दा जापानका खेलाडीले कांस्यमा चित्त बुझाए ।

महिलाको २०.५६ किलोमिटर दूरीमा प्रतिस्पर्धा गर्दै गर्दा उषालाई ‘हाइपर थर्मिया’ भएको प्रशिक्षक बस्नेतले जानकारी गराए । झेसौ स्पोर्ट्स सेन्टरमा भएको ४ ल्यापको प्रतिस्पर्धामा जापानकी अकारी कोबायासीले पनि दूरी तय गर्न सकिनन् । यो स्पर्धामा पनि चीनका खेलाडीले स्वर्ण र रजत कब्जा गरे । इरानी खेलाडीले कांस्य हात पारे ।

उसु 

एक्सएसजी स्पोर्ट्स सेन्टरमा भएको उसुको थाउलोअन्तर्गत महिला छाङछ्वानमा नेपालकी सुस्मिता तामाङ ११ खेलाडीमध्ये आठौं स्थानमा रहिन् । उनले ९.४१० अंक जोडिन् ।

pasang-sherpa,-wushu-1-1695658250.jpg

थाउलोकै पुरुष ताजिक्वानमा नेपालका पासाङ शेर्पा १८ खेलाडीमा अन्तिममा रहे । उनले ९.०१३ अंक स्कोर गरे । अर्को स्पर्धा ताइजिजियानमा प्रतिस्पर्धा गरेका पासाङ १८ खेलाडीमध्ये १७औँ स्थानमा रहे । उनले ८.९७३ अंक ल्याए ।

फेन्सिङ

हाङझाउ एसियाडको तेस्रो दिन सोमबार हाङझाउ डायान्जी विश्वविद्यालय जिम्नाजियमा फेन्सिङमा कुनै पनि नेपाली खेलाडीले जित निकाल्न सकेनन् ।

पुरुष साब्रे व्यक्तिगत स्पर्धामा पायस योञ्जनले पाँचवटै खेलमा पराजय बेहोरे । पायस काजकिस्तानका अर्टोक सर्किस्यान र हङकङका हो थिन लोसँग ५–० तथा उज्वेकिस्तानका सर्जोद ममुतोभ, इरानका पाक्दामान सायद इस्माइलजादेह र साउदी अरेबियाका अदेल मुख्लिद अल्मुलाइरीसँग समान ५–१ ले स्तब्ध बने ।

fencing.-1695658260.JPG

पुरुष साब्रे व्यक्तिगत स्पर्धामै राजेन्द्र गजुरेल कुवेतका मोहम्मद अब्दुल करिमसँग ५–२, हङकङका लोन आरोन हो स्जे, चीनका यिनगुइ यान, भियतनामका भान क्वुयतसँग एनगुएन, दक्षिण कोरियाका सानगुक हो  र जापानका काइलो स्ट्रिटसँग समान ५–० ले पराजित हुँदा उनको यात्रा समूह चरणबाट अघि बढेन ।

महिला फोइल व्यक्गिततर्फ पनि मन्दिरा थापाको यात्रा पनि समूह चरणमै टुंगियो । उनी हङकङकी नोक डाफी चेन, जापनकी सिरा अजुमा र दक्षिण कोरियाकी हियो जिन होङ्गसँग समान ५–०, मकाउकी हियो ल्याम कुसँग ५–१ तथा थाइल्यान्डकी चायदा स्मृतिसुकुलसँग ५–३ ले निरास बनिन् ।

दक्षिण कोरियाकी सिना होङसँग ५–३, थाइल्यान्डकी चोक छायानीतपाट स्पिननेकर, जापानकी युका युनोसँग ५–१, सिंगापुरकी म्याक्सिन वाङ्गसँग ५–४  र चीनकी  क्वइयानक्यान  हुआङ्गसँग ५–० ले स्तब्ध बन्दा  गोमा आर्चायको यात्रा पनि समूह चरणमै रोकियो ।

लनटेनिस

लनटेनिसको पुरुष सिंगल्समा नेपालका प्रदीप खड्का दोस्रो चरणमा रोकिएका छन् ।

हाङझाउ ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा भएको खेलमा जापानका सिन्तोरो मोचिजुकीले प्रदीपलाई ७–५ र ६–१ को सोझो सेटमा पराजित गरे । पहिलो चरणमा प्रदीपले टिमोर लिस्टेका एन्टोनियो मेन्डेसमाथि ६–० र ६–० को सहज जित हात पारेका थिए ।

पुरुष सिंगल्समै हङकङका कोलम्यान वोङ चक लामले नेपालका अभिषेक बाँस्तोलालाई पहिलो चरणमा सीधा सेटमा ६–२ र ६–० हराए । प्रदीप र अभिषेक दुवैको खेल १ घण्टा १३ मिनेट चलेको   थियो ।

मिक्स डबल्समा इन्डोनेसियाका अल्डिला सुत्जिदा र बेन्जामिन क्रिस्टोफरको जोडीले नेपालका अभिषेक बाँस्तोला र अभिलाषा विष्टको जोडीलाई ६–० र ६–० को सोझो सेटमा पाखा लगाए । खेल ५१ मिनेट चलेको थियो । 

महिला डबल्समा अभिलाषा विष्ट र माहिका राणाको जोडीको यात्रामा पनि पूर्णविराम लाग्यो । ५२ मिनेट चलेको खेलमा दक्षिण कोरियाका डायियोन ब्याक र बोयोङ जियोङको जोडीले अभिलाषा र माहिकाको जोडीलाई ६–१ र ६–० ले पाखा लगाए ।

अब नेपालले मिक्स डबल्समा मात्र प्रतिस्पर्धा गर्न बाँकी छ । मंगलबार सुनिरा थापा र प्रणव खनालको जोडीले प्रतिस्पर्धा गर्ने छन् ।

बक्सिङ : रविन सफल

हाङझाव एसियाडअन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापाले जित हात पारेका छन् । पुरुष ५१ केजीमुनि रविनले इन्डोनेसियाका दियो कोएबानुलाई ४–१ अंकले पराजित गरे । जितसँगै रविनले प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गरे । 

हाङझाव जिम्नाजियममा भइरहेको प्रतियोगितामा रविनले प्रिक्वाटरफाइनलमा उत्तर कोरियाका चोनयोङ सालाइलाई प्रतिद्वन्द्वी पाएका छन् ।

rabin-thapa,-nepal,-blue-2-1695658238.JPG

महिला ६६ केजीमुनि नेपालकी विनिता थापा मगर चाइनिज ताइपेईकी चिन चेन नियनसँग आरएससीका आधारमा पराजित भइन् । पुरुष ७१ केजीमुनि नेपालका दीपेश लामा भारतका निशान्त देवसँग ५–० ले पछि परे ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro