site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
ईः – कमेन्टसँग नडराऔँ, म ढल्दा युवाको आशा सँगै ढल्नेछ  (भिडियोसहित)
SkywellSkywell

काठमाडौं । तपाईं कुनै ठाउँमा एकैछिन उभिनुपर्दा कतिबेर उभिन सक्नुहुन्छ ? पाँच मिनेट, १० मिनेट ? कोही नजिकका व्यक्तिको पर्खाइमै भएको भए पनि त्यसबेलासम्म तपाईंलाई पट्यार लागिसकेको हुन्छ ।

तर, एकजना सामाजिक अभियन्ता जवाफदेहीताको माग गरेर उभिएको सात दिन भइसक्यो । सात दिनदेखि काठमाडौं महानगरपालिकाको मुख्य गेटबाहिर लगातार उभिरहेका छन् । 

उभिँदा उभिँदा उनका खुट्टा सुन्निएका छन् । तर, माग सुनिएको छैन । 

Dabur Nepal
NIC Asia

शौचालय जाँदा वा उभिँदा लौरोको सहारा लिनुपरेको छ । निलो टिसर्ट, हाफ पाइन्ट र चप्पलमा रहेका उनलाई भित्रबाट नगर प्रहरीले नजर लगाउँछन् । तर, केही गर्न सक्दैनन् । 

सोमबार त उनीमाथि दुर्व्यवहारसम्म गरियो । तर, पनि उनी आफ्नो अडानमा टसको मस भएका छैनन् ।

खुट्टा सुन्निएर चप्पल लगाउन पनि गाह्रो हुने अवस्था भइसकेको छ ।

उनको अगाडिबाट सयौँ मान्छे ओहोरदोहोर गरिरहन्छन् । कतिले उनको मागमा सहमति जनाउँछन्, कतिले वास्तै गर्दैनन् ।

उभिएको अघिल्तिर उनले ‘सरकारले हेरेन, समाजले देख्ला ?’, ‘गरिबलाई कुट्नु हाम्रो धर्म हो ?’, ‘गरिब मास्न पाइँदैन’लगायतका लेखिएको ब्यानर भुइँमा राखेका छन् ।

यसरी जवाफदेहीता माग गरेर लगातार सात दिनदेखि उभिइरहेका व्यक्ति हुन्, सामाजिक अभियन्ता ईः ।

जवाफदेहीता को सँग मागेको नि ?

प्रधानमन्त्री, मन्त्री या ठूला दलका कसैको कुरै नसुन्ने व्यक्तिसँग होइन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चुनावअघि गरेको बाचा विपरीत काम गरेको भन्दै जवाफदेहीताको माग ईः ले गरेका छन् ।

सडक व्यवसायीमाथि गरिएको धरपकड रोकेर उनीहरूको व्यवस्थापन गर्नुपर्ने नै मुख्य माग रहेको छ ।

उनले यसअघि सडक व्यवसायीहरूबाट जफत गरिएका सामान पनि फिर्ता गर्नुपर्ने, उनीहरूलाई बिहान ५ देखि ८ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म पैदल यात्रु तथा सवारी साधनलाई बाधा नपुग्ने गरी व्यवसाय गर्न दिनुपर्ने माग ईः ले गरेका छन् ।

यो ईः को मात्रै माग होइन । चुनावअघि बालेनको पनि ठ्याक्कै यस्तै धारणा थियो ।

तर, चुनावपछि ठिक विपरीत काम गरेका छन् ।

त्यसैले बालेनलाई विगत सम्झाउनका लागि आफू लगातार उभिनुपरेको ईः को भनाइ छ ।

अहिले उनलाई सडक व्यवसायीले विस्तारै साथ दिन थालेका छन् ।

“सडक व्यवसायी साथीहरू साथमा नै हुनुहुन्छ,” ईः ले बाह्रखरीसँग कुरा गर्दै भने, “हामी सात दिनदेखि उभिरहेका छौँ । इनफ इज इनफको बेलामा सात दिन अनशन बस्दाखेरी दुई तिहाइको प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् अस्पतालमा आएर भेट्नुभएको थियो । जबकि हामीले त्यो बेलामा उहाँलाई निरंकुश, तानाशाही भनेका थियौँ ।”

तर, अहिले काठमाडौं महानगरपालिको जवाफदेहीता माग गर्दै सात दिनदेखि उभिइरहँदा पनि दैनिकभित्र बाहिर गरिरहने मेयर बालेनले गेटको यो दृष्य देखे नदेखेझैँ गरेका छन् ।

“जुन दिन म ढल्छु यहाँ, उभिन नसक्ने हुन्छ । मैले आशा देखेर जवाफदेहीता मागेको हुँ । जुन दिन म ढल्छु, युवा पुस्ताको आशा मरेको सम्झनू,” ईः को प्रतिक्रिया छ ।

उनले यति ठूलो अन्याय हुँदा पनि कमेन्टमा गाली खाइन्छ भनेर नडराउन आग्रह गरे ।

“काठमाडौं महानगर भनेको स्वतन्त्र मेयरमात्र होइन । एमालेका उपमेयर हुनुहुन्छ, वडामा बहुमत कांग्रेसको छ । गृहमन्त्री हिजोको दिनमा मजदुर वर्गको लागि हतियार उठाएको हुनुहुन्छ । यी सबै कुरामा आफूलाई समाजवादी भन्ने संविधानमा समाजवाद लेख्ने, अनि यहाँ मजदुर वर्गमाथि यत्रो अन्याय हुँदाखेरी चुप भएर बस्ने ? केसँग डराएको ? कमेन्टमा गाली गर्ने चार–पाँच जनासँग डराएको हो । त्यो डरले समाजलाई कहाँ पुर्‍याउँछ ? त्यो विचार गर्ने बेला आयो ।”

चुनावअघि बालेन पनि यसैगरी बोल्थे गरिबका पक्षमा । तर अहिले धरपकडमै व्यस्त छन् ।

गरिबको त कुरा सुनेनन् नै सात दिनदेखि गेटैमा उभिएका ईः लाई पनि देखेका छैनन् बालेनले ।

“दिनरात उभिएर बस्नुको कारण मेयरले सहरको सबैभन्दा कामजोर मानिसहरूको प्रतिनिधित्व गर्छु भन्ने सपना देखाए,” उनले भने, “चुनाव भन्दाअघि सडक व्यवसायको सन्दर्भमा उहाँको धारणा निश्चित स्थान, समय, ठाउँ वा लाइसेन्स शुल्क, हाटबजार लगाएर वा अन्तर्राष्ट्रिय विभिन्न सहरहरूमा विकल्प छन् । त्यही आधारमा सडक, साइकल, फुथपाट र परम्परागत व्यवसाय छन् । उनीहरूलाई व्यवस्थापन गर्न सकिन्छ । हुँदा खाने वर्गलाई दुई छाक टार्नलाई बाटो दिन सकिन्छ, उहाँहरूको बच्चालाई स्कुल पठाउन माहोल बनाउन सकिन्छ भनेर भन्नु भएको थियो । त्यसको ठिक विपरीत नगर प्रहरीलाई हिंस्रककोरूपमा परिचालन गर्नुभयो ।”

महानगरको यो कामले हजारौँ मानिस अप्ठेरोमा परेको बुझाइ ईः को छ ।

“उहाँको डेढ वर्ष बित्न लागिसक्यो,” ईः भन्छन्, “अब जवाफदेहिता चाहियो । उहाँको स्ट्याटस कसरी आउँछ भनेर सुनिएको थियो । आज प्रत्यक्ष देख्न पाइयो । म यहीँ छु । अभियानकर्ता साथीहरू र व्यवसायी साथीहरू साक्षी हुनुहुन्छ । एक्कासि एकजना नगरप्रहरी आउनुभयो । मेयरले भेट्न खोजेका छन् भन्ने किसिमले आदेशनात्मक रूपमा उहाँले कुरा गर्नुभयो । नेता को हो ? भनेर सोध्नुभयो । अनि साथीहरूले मलाई देखिइदिए । मैले आधाघण्टा समय दिनुहोस् भनेँ  म कानुनी हिसाबले विज्ञ साथीहरूलाई बोलाउँछु । सहरी विकास सम्बन्धी राम्रो अवधारणा भएको एकजनालाई बोलाउँछु । उहाँहरू वार्तामा मसँग बस्न तयार हुनुहुन्छ । उहाँको इनपुट मेरो भन्दा धेरै राम्रो हुन्छ, मेरो पनि कुराहरू छन् । तर उहाँहरूले स्पेसिफिक कुराहरू दिन सक्नुहुन्छ । भनेर आग्रह गरेँ । त्यति नै बेला अर्काे नगर प्रहरी आएर त्यसो भए भेट्दैन भन्दिनुभयो ।”

उनले बालेन र उनको टिमको व्यवहारले भविष्य देखाइरहेको बताए ।

“महाराजाधिराज भन्दा तपाईं ठूलो हुनुभयो भनेर झुक्नुको विकल्प रहेन । यहाँ उभिरहनु भएका साथीहरूले उहाँलाई भविष्यको प्रधानमन्त्रीको रूपमा देखेका थिए । चुनावको बेलामा अब, अहिले आएर उहाँले यस्तो व्यवहार देखाएर झुट बोल्दा खेरी हाम्रो आशामा तुषारापात परेको छ । उहाँलाई पनि थाहा छ । हिजोसँगै अभियानमा हिँडेका मानिसहरू छन् ।”

उनले वार्ताको वातावरण बनिराखेको देखेको भए पनि नगरको व्यवहारले आफूलाई दुःखी बनाएको बताए ।

“कसरी अभियानमा लागिरहेको छु । कसरी यात्रा गरिरहेको छु । फकिर सरी जिन्दगी बिताइरहेको मान्छेलाई त्यस्तो आरोप लगाउने ?,” उनले भने ।

उनले सडक व्यवसायीको पीडाका अघिल्तिर आफ्नो पीडा केही नभएको बताउँदै माग पूरा नभएसम्म यहीँ बसिरहने प्रतिबद्धता व्यक्त गरे ।

“मेरो पीडा सडक व्यवसायीहरू पाएको पीडाभन्दा कम हो,” ईः ले भने, “उहाँहरूमध्ये कति जनाले आत्महत्या गर्नुभयो । कतिले दुई छाक खान पाउनुभएको छैन । कति जनाले आफ्नो छोराछोरीलाई स्कुलबाट निकालेर बालश्रममा लगाउनु भएको छ होला । गरिबको चमेली बोल्दिने कोही छैन भनेर जनवादी गीत गाउन मान्छेलाई किन छोइरहेको छैन ?”

उनी सकिन्जेल त्यहीँ उभिने वाचा गर्छन् ।

“सक्दासम्म उभिने हो,” उनले भने, “जुन दिन म ढल्छु यहाँ उभिन नसक्ने हुन्छ । मैले आशा गरेर जवाफदेहीता माग गरेको हुँ । म ढलेको दिनमा युवाको आशा पनि सँगै ढल्नेछ ।”

उनले संघीय सरकारमा रहेकाहरू पनि अन्यायका विरुद्धमा बोल्न नडराउन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २०:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu