-1695467972.jpg)
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहलाई अधिकार सम्पन्न हुन नदिइएको बताएका छन् । सोमबार महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्र भवनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले संघ, प्रदेश र पालिकाहरू सबैलाई अधिकारको बाँडफाँट मिलाएर जानुपर्ने चुनौती रहेको बताए ।
उनले स्थानीय तहलाई नियन्त्रित गरेर अधिकार दिने गरिएको भन्दै स्थानीय तहलाई अधिकार दिन कन्जुस्याइँ गर्न नहुने बताए । उनले संघीयताअनुसार अधिकार दिन शीर्ष तीन दलका नेताहरूसँग आफूले आग्रह गर्ने पनि बताए । उनले संघीयतालाई कार्यान्वयनमा लैजान नसकिएको पनि बताए ।
"वास्तवमा हाम्रा स्थानीय तह र हाम्रा प्रदेशहरू, अहिले अझै पनि संविधानको मर्म अनुरूप अधिकार सम्पन्न हुन सकेका छैनन् । उनीहरू अझै पनि उनीहरूलाई नियन्त्रितरूपमा अड्कलेर अलि अलि अड्कलेर अधिकार दिइने एउटा कन्जुस्याइँ भएको छ । अब यो हुनु हुँदैन । अब दिल खोलेर जनतालाई अधिकार दिनुपर्छ," उनले भने ।