site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
२० विदेशी पाहुनालाई इन्द्रजात्रा हेर्न निमन्त्रणा
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनालाई यहाँको ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न आमन्त्रण गरेको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनीसम्बन्ध भएका चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० नगरप्रमुख इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको हो । महानगरले २२ स्वदेशी पाहुना पनि अवलोकनका लागि आउने जानकारी गराएको छ ।

Agni Group

जात्रामा राष्ट्रप्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । जात्राका लागि शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत–सम्भार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनीता डंगोलले भगिनीसम्बन्ध भएका देश र विदेशका पालिकाका प्रमुखहरूलाई इन्द्रजात्राका लागि निम्तो दिइसकेको बताइन् । जात्रालाई भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी भइरहेको उनले उल्लेख गरिन् ।

Global Ime bank

विभिन्न माग राख्दै सामाजिक अभियन्ता ईःले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै उनले छलफल गर्न महानगरको ढोका खुला रहेको बताइन् । ईःले उठाएको विषय महानगरको मात्र नभएर संघीय सरकारको पनि रहेकाले सबैको सहकार्यमा नै अघि बढ्नुपर्ने खाँचो देखिएको उनको भनाइ छ ।

मंगलबार हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि विधिवत रूपमा जात्रा सुरु हुन्छ । यही असोज ११ गते रथयात्रा र देवीदेवताको पूजाआजा गरी इन्द्रजात्रा पर्व मनाइँदै छ । इन्द्रजात्रा लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १४:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
मध्यावधिको माग कुबेलाको राग
मध्यावधिको माग कुबेलाको राग
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu