site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशमा मणिपुर र अयोध्याजस्तै विवाद झिकिँदै छ, सचेत बनौँ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देश सामाजिक द्वन्द्वसँगै राजनीतिक र आर्थिक भुमरीमा फस्न लागेको चेतावनी दिएका छन् ।

पार्टीको जारी केन्द्रीय कार्यसमितिको बैठकमा सोमबार उनले देशको सामाजिक अवस्थासँगै राजनीतिक र आर्थिक क्षेत्रमा समस्या आउनु सामान्य विषय नभएको बताए ।

“सभापतिज्यू, देशको समाजिक अवस्था बिग्रँदैै छ भने राजनीतिक तथा आर्थिक क्षेत्र पनि समस्याका भुमरीमा फस्दै छन्,” भण्डारीले भने, “कांग्रेस यसमा बोल्यो भने चित्त नबुझेर हामीलाई धेरैले छोड्न सक्छन् । बोल्दै नबोले यो बोल्दो नै रहेनछ भनेर छाड्न सक्छन् ।”

Dabur Nepal
NIC Asia

उनले सामाजिक अवस्था विशेष जटिल बनिरहेको उल्लेख गरे । अरूकै निर्देशन वा स्वार्थमा यस्तो भइरहेको उनको भनाइ छ ।

समयमै रोक्न नसके त्यो समाधान दिन नसकिने समस्याका रूपमा देखापर्ने उनले बताए । “पहिलो, हाम्रो सामाजिक अवस्थामा भारतको अयोध्या/बाबरी मस्जिद र मणिपुरको जस्तो अवस्था धरानमा देखिँदै छ,” उनले भने, “यसमा समयमा एउटा निर्णय गर्नुपर्छ, जसले सबै नागरिकलाई एकसाथ राख्न सकोस् ।”

शिक्षा क्षेत्रको समस्या पनि उनले उल्लेख गरे । “गरिबका छोराछोरीले सीएमए, स्टाफ नर्स र एनए पढ्ने २६७ कलेज बन्द भएका छन्,” भण्डारीले भने, “भारतीय सीमामा डेढ सय बढी कलेजहरू खोलिएका छन् । नेपाली गरिबका छोराछोरीहरू त्यहाँ जान बाध्य छन् ।”

उनले युवाले रोजगारी नपाउने  र पढ्न पनि नपाए त्यसले सामाजिक समस्या निम्त्याउने बताए । “युवाहरूले पढ्न पाएन भने हतियार बोक्दैन ? विद्रोह गर्दैन ?,” प्रश्न गर्दै उनले भने, “यसको सम्बोधन कसरी गर्ने ?”

स्वास्थ्य क्षेत्रका कारण जनता हरेक वर्ष गरिबीको चपेटामा परिरहेको भन्दै उनले राज्य भूमिकाविहीन भएर बस्न नपाउनेमा जोड दिए । “आज जनताले स्वास्थ्योपचार गर्न नसकेर प्रत्यक वर्ष गरिबीको रेखामुनि जानेका संख्या बढिरहेको छ,” भण्डारीले भने, “सबै क्षेत्रमा समस्या राखेर कसरी राष्ट्र निर्माण हुनसक्छ ।”

कांग्रेस केन्द्रीय समिति बैठक लाइभ गरिरहेका विषयमा समेत उनले प्रश्न उठाए । सबै कुरा लाइभमा गर्न नसकिने बताए । लाइभ कायम राखिए मुख्य कुरा नै नहुने उनको जिकिर छ ।

“सभापतिज्यू, यो केन्द्रीय समिति बैठक लाइभ गर्ने कुरा पनि मलाई उचित लागेको छैन । सबै कुरा लाइभमै भन्नु उचित पनि हुँदैन,” उनले रामायणको कथा सुनाउँदै भने, “रामायणको युद्धमा राम शक्तिशाली छन्, रावण पनि शक्तिशाली छन् । तर, रामले रावणलाई मार्नै सक्दैनन् । जब विभीषणले नाभिमा अमृत भएको बताउँछन्, त्यसपछि मात्र रामले रावणलाई मार्न सम्भव हुन्छ ।”

हालै केन्द्रीय सदस्य मनोनीत भएपछि बैठकमा भण्डारीले पहिलोपटक बोलेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro