site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशमा जातीय र सांस्कृतिक संकट देखिँदैछ, राजनीतिक सम्बोधन गर्ने कि प्रशासनिक ? 

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाईले कोसी प्रदेश संकटको अवस्थामा रहेको बताएकी छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सोमबार प्रसाईले जातीय र धार्मिक आन्दोलनका नाममा वडा वडामा समिति गठन भएको उनले बताइन् । 

किन गठन गरिएको भन्दा पूजा गर्नका लागि हो भन्ने गरिएको बताइन् । 

“कोसी प्रदेशमा जातीय र धार्मिक आन्दोलनका नाममा वडा–वडासम्म कमिटी गठन गरिएको छ । किन गठन गरियो भन्दा पूजा गर्नका लागि भनिँदो रहेछ,” प्रसाईले भनिन्, “यसलाई राजनीतिक रूपमा सम्बोधन गर्ने कि सरकारले सम्बोधन गर्ने हो । यो अवस्था सामान्य होइन ।” 

उनले कोसी प्रदेशको प्रभाव सर्लाहीमा पनि देखिएको बताइन् । सर्लाहीमा एक जातको मान्छेलाई अर्को जातको मान्छेले घरबाट निकालेर कुटपिट गरेका कारण कर्फ्यु लगाउनुपर्ने अवस्था आएको भन्दै यस्ता घटनालाई समयमा सम्बोधन गर्न कांग्रेस र सरकारको ध्यानाकर्षण गराइन् । 

भारतमा ४५ रुपैयाँँ पर्ने चिनी नेपालमा किन १५० रुपैयाँ ? 

नेतृ प्रसाईले कांग्रेस सरकारको नेतृत्वमा नभएपनि सरकारका गुण दोषको जिम्मा लिनुपर्ने अवस्थामा रहेको भन्दै उपभोक्ता ठगिने अवस्थाको नियन्त्रणमा सरकार चुकेको बताइन् । उनले बजार भाउ नियन्त्रण बाहिर गएको भन्दै यसले उपभोक्तालाई आक्रोशित पारिरहेको बताइन् । 

“भारतमा ४५ रुपैयाँ पर्ने चिनी नेपालमा १५० कसरी पुग्यो ?,” प्रसाईले प्रश्न गरिन्, “चिनीमा भन्सार छुट दिने निर्णय भएको होइन ?” 

उनले कांग्रेसले विधान विपरित गरेका निर्णयले भातृ संस्था काम गर्नै नसक्ने अवस्थामा पुगेको बताइन् । 

“तरुणदलमा चार सयमाथि, नेविसंघमा सात सयमाथिको कार्यसमिति छ, अध्यक्षले संगठन कसरी हाक्छ ?,” प्रसाईले सभापतिलाई प्रश्न गरिन् । 

उनले उपसभापति पूर्णबहादुर खड्कालाई नेपाली सेनामा माओवादीबाट आएकाहरूलाई विशेषाधिकार दिन खोजिएको हो भन्दै प्रश्न गरिन् । उनले माओवादीबाट आएका नेपाली सेनाका सहायक रथीलाई दुई–दुई पटक म्याद थपेर राखिएको कुरा रक्षामन्त्रीलाई कसरी थाहा भएन भन्दै प्रश्न उठाइन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro