site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललित अस्पतालबाट डिस्चार्ज
फाइल तस्बिर ।

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर ललितनारायण राजवंशी अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)का मेडिकल कोअर्डिनेटर डा. अभिषेकराज सिंहले राजवंशीलाई सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालबाट डिस्चार्ज गरिएको बताए ।

गएको बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अभ्यासका क्रममा ललितको क्लाभिकल बोन (ब्युटिबोन)मा चोट लागेको थियो । सोही दिन उक्त अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो ।

“क्लाभिकल बोन (ब्युटिबोन)को शल्यक्रियापछि ललितलाई आज अस्पतालबाट डिस्चार्ज गरिएको छ । चोट हामीले सोचेभन्दा छिटो रिकभरी भइरहेकोे छ,” सिंहले बाह्रखरीसँग भने, “ललित क्यानको निगरानीमा रहनेछन् । उनको लागि एक फिजियोको व्यवस्था गरिएको छ । हामी ललितलाई ट्वान्टी–२० विश्वकपअघि नै मैदान फर्काउने प्रयासमा छौँ ।”

ललित यही चोटका कारण चीनमा जारी १९औँ एसियाली खेलकुदको क्रिकेट टिमबाट बाहिरिएका थिए । ललित खेल्न नसक्ने भएपछि क्यानले उनको स्थानमा सागर ढकाललाई राखेको छ ।

सन् २०१८ मा नेपाली टिमबाट ‘डेब्यु’ गरेका ललितले २३ एकदिवसीय अन्तर्राष्ट्रिय र १२ ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले एकदिवसीयमा २८ र ट्वान्टी–२० मा १० विकेट लिएका छन् ।

एसियाली खेलकुदमा पुरुष क्रिकेट यही सेप्टेम्बर २७ देखि अक्टोबर ७ सम्म सञ्चालन हुने तालिका छ । नेपालले सेप्टेम्बर २७ मा मंगोलिया र अक्टोबर १ मा माल्दिभ्ससँग खेल्ने तय छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro