site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बारबरा अडम्स फाउन्डेसनको आयोजनामा 'स्टोलेन इमेज अफ नेपाल' कार्यक्रम सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । बारबरा अडम्स फाउन्डेसनको आयोजना 'स्टोलेन इमेज अफ नेपाल' कार्यक्रम सम्पन्न भएको छ । आइतबार काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली सम्पदाको अहिलेसम्म चोरी भएको र फिर्ता आएको बारेमा छलफल भएको छ। नेपाल हालसम्म कति चोरी भएको र कति भेटिए भन्ने विशेष छलफल भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उक्त कार्यक्रम प्रतिनिधिसभाका सांसद स्वर्णिम वाग्ले, बारबरा फाउन्डेसनका अध्यक्ष सन्दुक रूइत, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, पुरातत्त्व विभागको महानिर्देशक सौभाग्य प्रधानाङ्ग, पुरातत्वविद रमेश ढुङ्गेललगायतको उपस्थित थियो ।

कार्यक्रममा बोल्दै सांसद स्वर्णिम वाग्लेले नेपालको मूर्ति संरक्षण र चोरी भएको मूर्ति फिर्ता लिनको लागि भूमिका खेल्ने बताए । अवश्यक सहयोग र समन्वय गर्ने उनले बताए ।

Global Ime bank

ललितपुर महानगरका मेयर महर्जनले नेपालबाट चोरी भएको मूर्ति फिर्ता लिनको आफूले सहयोग गर्ने बताए । उनले त्यस्ता मूर्ति फिर्ता लिनको लागि संघ सरकार र कुटनीतिज्ञहरूको सहयोग चाहिने बताए ।

पुरातत्त्वविद ढुङ्गेलले चोरी भएको मूर्ति फिर्ता लिनको लागि यस्तो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । यस्तो खालका कार्यक्रम आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताए ।

विभाग महानिर्देशक सौभाग्य प्रधानाङ्गले मूर्ति संरक्षणको आफू इमान्दार भएर लाग्ने बताए । साथै, चोरी भएको मूर्ति फिर्ताको लागि सम्पूर्ण निकायको समन्वय आवश्यक रहेको बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement