site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाङमा खुकुरी प्रहार गरी महिलाको ‘हत्या’
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । दाङमा खुकुरी प्रहार गरी महिलाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११, बेलटाकुराका ३९ वर्षीय टेकबहादुर हमाल छन् ।

सोही ठाउँकी ४३ वर्षीया रीता लामिछानेको हत्या गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार आफ्नै घरअगाडि उभिरहेको अवस्थामा टेकबहादुरले एक्कासि खुकुरी प्रहार गर्दा लामिछानेको घटनास्थलमै मृत्यु भएको थियो । खुकुरी प्रहारबाट स्थानीय ४५ वर्षीय वीरबहादुर हमाल र उनकै आमा ६५ वर्षीया कमलाकुमारी हमाल समेत घाइते भएका थिए ।

सो सूचनापछि खटिएको प्रहरी टोलीले टेकबहादुरलाई उनकै घरबाट खुकुरीसहित पक्राउ गरेको थियो । खुकुरी प्रहारबाट घाइते भएका दुवैजनालाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पठाइएको थियो ।

वीरबहादुर उपचारपश्चात् डिस्चार्ज भइसकेका छन् । नेपालगन्जस्थित नर्सिङहोममा कमलाकुमारीको उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro