site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सहायक रथी अधिकारीको म्याद थपप्रति सांसद पन्तको आपत्ति

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले नेपाली सेनाका सहायक रथी यमबहादुर अधिकारीको म्याथ थप गरिएकामा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा उनले अधिकारीको म्याद दोस्रोपटक थपिएकामा आपत्ति जनाएका हुन् ।

अधिकारी माओवादी जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका थिए । नेपाली सेनामा कुनै एक अधिकृतको म्याद दोस्रोपटक थपिएको यो पहिलो घटना भएको भन्दै उनले यस विषयमा रक्षामन्त्री पूर्णबहादुर खड्काको जवाफ माग गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनले माओवादीबाट नेपाली सेनामा आएकाहरूलाई पक्षपात र भेदभाव गर्नु नहुने तर विशेष रूपले काखी पनि च्याप्न नहुनेमा जोड दिए ।

“कुनै नजिर आजसम्म थिएन, नेपाली सेनामा यसरी राजनीतिरण गरिएको । यहाँ किन राजनीतिकरणको प्रयास भयो भन्नुहुन्छ भन्दाखेरि उहाँ सहायक रथी हुनुहुन्थ्यो, प्रक्रियाबाट केही आपत्ति थिएन । माओवादी पृष्ठभूमिबाट आएको जो समायोजन भएका छन्, नेपाली सेनामा उनीहरूलाई पक्षपात गरिनु हुँदैन,” उनले भने, “तर, पक्षपात, भेदभाव गरिनु हुँदैन भन्नुका साथसाथै उनीहरूलाई विशेष रूपले काखी च्याप्ने काम गरेर सेनामा अरूको मनोबल घटाउने र गलत नजर स्थापित गराउने काम हुनु हुँदैन । रक्षामन्त्रीले यस विषयमा जवाफ दिनुपर्छ ।”

अधिकारीको म्याद दुईपटक थप गरेर सरकारले गलत नजिर स्थापित गराएको उनको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १५:२५
प्रतिक्रिया दिनुहोस्