site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चारवटा संसदीय समितिको बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । एकैपटक चार वटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा समितिको भावी कार्ययोजनाका बारेमा छलफल हुनेछ ।

त्यस्तै, बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमबीबीएस अध्ययनरत एवं अनसनरत विद्यार्थीहरूको समस्याका सम्बन्धमा त्रि.वि. उपकुलपति, नेपाल मेडिकल काउन्सिल र त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थानसँग छलफल हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहान ११ बजे नै बस्ने अर्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने दिगो विकास तथा सुशासन समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रति असन्तुष्ट जाहेर गर्दै आन्दोलनरत सरोकारवालाहरुसँग छलफल हुनेछ ।

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०९:०८
प्रतिक्रिया दिनुहोस्