site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान निर्वाचन : पारसले ल्याए ४८ मत, दुई सदस्यका लागि गोलाप्रथा
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभाबाट सचिवमा निर्वाचित भएका नेपाली क्रिकेट राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले ४८ मत ल्याएका छन् । सचिवमा पारसका प्रतिद्वन्द्वी प्रशान्तविक्रम मल्लले ३७ मत ल्याए ।

निर्वाचनमा मधेस प्रदेशका दुई उमेदवार माधव कर्माचार्य र मोहम्मद दाउन अन्सारीले समान ४२ मत ल्याए । मत बराबर हुँदा गोलाप्रथाबाट माधव विजयी भए । यस्तै, खुलातर्फ पनि करण महतरा क्षेत्री र ऋषिराम गौतमले समान २६ मत पाएका थिए । जसमा गोलाप्रथाबाट करण विजयी भए ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कोसी प्रदेशबाट अर्जुन पौडेल ४८ मतसहित विजयी भए । वाग्मती प्रदेशबाट दिवाकर घले ४६ मतसहित विजयी भए । गण्डकी प्रदेशबाट सुदीप शर्मा ५२ मतसहित विजयी भए । सुदूरपश्चिम प्रदेशबाट विक्रम विष्ट ४९ मतसहित विजयी भए ।

खुला पाँच सदस्यमा धिरेन्द्र साउद ५९ मतसहित विजयी भए । धिरेन्द्र क्यानको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने सदस्य बने । यस्तै, दुर्गाराज पाठक ५४, आयुष श्रेष्ठ ५१ र विरेन्द्रबहादुर चन्द ३४ मतसहित विजयी भए ।

Royal Enfield Island Ad

नयाँ कार्यसमितिको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदीप मजगैया निर्विरोध भएका थिए ।

क्यानको केन्द्रीय निर्वाचनमा ८५ मत थिए । जसबाट शतप्रतिशत मत खसेको थियो । क्यानको कुल मत ८६ भए पनि शुक्रबारको साधारणसभाले प्रतिनिधि विवादका कारण झापा जिल्लाको मताधिकार खोसेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro