site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१५ लाख नेपाली नक्कली नोटसहित दुईजना पक्राउ 
Dabur Nepal
NIC Asia

काठमाडौं । १५ लाख नक्कली नोटसहित सुनसरी प्रहरीले इटहरीबाट दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले इटहरीमा पत्रकार सम्मेलन आयोजना गरी बरामद एक हजार दरका १५ सय ८७ थान नक्कली नोट र पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको हो । 

प्रहरीका अनुसार नक्कली नोट विशेष सूचनाका आधारमा बरामद गरिएको हो । प्रहरीले १५ लाख ८७ हजार मूल्य बराबरको नेपाली नक्कली नोटसहित विवेक राई र अजय राईलाई नियन्त्रणमा लिएकोे जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले पक्राउ परेका व्यक्तिको हकमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताए । 
 
पत्रकार सम्मेलनमा प्रहरीले नक्कली नोटको जालो ठूलो हुनसक्ने भन्दै सुक्ष्म अनुसन्धान अघि बढाइएको जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख विपीन रेग्मीले चाड नजिकिएसँगै नक्कली नोटको कारोबार हुनसक्ने आशंका बमोजिम निगरानी र जाँच बढाइएको बताए । 

यसैबिच, पत्रकार सम्मेलनमा प्रहरीले धरान ३ मा रहेको सुनचाँदी पसलबाट २५ लाख मूल्य बराबरको गरगहना लुट्ने पर्सा वीरगञ्जका महमद बसिर मिया र भारत घर भई चितवनको भरतपुर बस्ने रितु साहलाई पक्राउ गरिएको जनाएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro