site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गुनासो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

“ओहो विवेक, के छ यार !” गाडीबाट ओर्लनेबित्तिकै अर्जुनले बडो आत्मीयतासाथ अँगालोमा बेर्यो ।

“जाऊँ यार, कफी पिउँदै गफ गरौँ,” विवेकले कफी अफर गर्यो । दुवै नजिकैको कफी सपतिर छिरे । कफीको चुस्कीसँगै दुवै पुराना साथी गफिँदै गए ।

“कसरी गर्यौ यार यत्रो प्रगति ? गाडी नै होला करोडको !,” अर्जुनले विवेकको प्रगति रहस्य जान्न खोज्यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

विवेकले पनि साथीको निर्दोष प्रश्नसँगै प्रगतिगाथा सुनाउन थाल्यो ।

सडकमा आफूले राखेको नाङ्लो पसलदेखि हाइड्रोपावरको लगानीकर्ता हुँदासम्मका सम्पूर्ण फेहरिस्त सुनाइसकेपछि विवेकले सोध्यो, “तिमी के गर्दै छौ यार !”

Royal Enfield Island Ad

“के गर्नु यार, त्यही चक र डस्टर त हो नि ! त्यै पनि निजी विद्यालयमा ।”

“तिमी त धनी बाउको छोरो, तराईमा राम्रै जग्गाजमिन थियो । आफैँले किन व्यवसाय गरेनौ त ?”

“के गर्नु यार, बाले कहिले पत्याएनन् । आफूलाई पनि जोखिम उठाउने साहस कहिल्यै आएन । भात खानलाई दुःख भएन, धेरै कमाउने मेसो जानिएन ।”

अर्जुनको यो जवाफसँगै विवेक केही बेर मौन भयो । अनि, आफ्नो कथा अघि बढायो ।

“तिमीलाई त थाहा छ नि अर्जुन, म कस्तो परिवारबाट आएको भनेर । सानैमा बा बिते । एक्ली आमाको भरमा चारचार सन्तान, धन्न आमाले सास जोगाउनुभयो । मेरो त जन्मँदै भाग्यमा संघर्ष लेखेर आएको थियो । जीवनमा संघर्ष र जोखिम उठाउनुबाहेक अरू के नै थियो र ! त्यसैले संघर्ष गर्दै अगाडि बढँे । जोखिमहरूसँग खेल्दै गएँ ।”

विवेकले अगाडि भन्दै गयो, “हाई रिस्क हाई गेन, नो रिस्क नो गेन । सरले अर्थशास्त्रको कक्षामा जोखिम वहनको अर्थशास्त्रीय सिद्धान्त पढाएको मैले बिर्सेको थिइनँ ।” विवेकको ओठमा हल्का मुस्कान फैलियो ।

“सबै उद्यमी बन्न कहाँ सक्छन् र ! जसले त्यो जोखिम उठाउँछ, साहस गर्छ, त्यही बन्न सक्छ उद्यमी । उत्पादनका साधन पढ्दा यो पनि पढेका होइनाैँ र हामीले ?,” विवेकले थप्यो ।

“छोड यार यी पढाइका कुरा । बरु, नयाँ र नौलो कुरा सुनाऊ । तिमी त ठूलो व्यवसायी भइसक्यौ, विदेश आउनु–जानु तिम्रा लागि पानी पँधेरो होला ? धेरै सिक्ने अवसर पनि होला त्यताको नयाँ परिवेश, नयाँ समाजमा ? आफू त कुवाको भ्यागुतोजस्तो स्कुल अनि घर !,” अर्जुनले पढाइको कुरा पन्छाउन खोज्यो ।

“हो साथी ! अहिले कतिपय विदेशी साथीहरूसँगै काम गर्छु । विदेश आउजाउ पनि भइरहन्छ । धेरै देशका विषयमा जानकारी पनि राख्छु । तर, कहिलेकाहीँ हाम्रो समाजको मनोदशा, सामाजिक चरित्रदेखि दिक्दार लागेर आउँछ ।”

विवेकले मुख अमिल्याउँदै भन्यो, “हेर न, विदेशमा हरेक किसिमका व्यवसायीको बेग्लै सम्मान छ । समाजमा मानप्रतिष्ठा छ । अनि, राज्यले पनि हरेक फोरममा उनीहरूको उपस्थिति सुनिश्चित गरेको छ । तर, हामीकहाँ भने उद्यमी भन्नेबित्तिकै चोर, तस्कर, माफिया भनिहाल्ने !”

विवेकले भन्दै गयो, “के साँच्चिकै व्यापार, व्यवसाय गर्ने मानिस माफिया, तस्कर र बिचौलिया हुन् त ? समाजमा तिनको योगदान छैन ? के अर्थतन्त्रमा तिनको कुनै भूमिका छैन ? केही रोजगारीका माध्यमद्वारा बाँकी समाजको भरणपोषणमा तिनको भूमिका हुँदैन र ? राज्यको ढुकुटीमा जाने ठूलो हिस्सा तिनकै कमाइको अंश होइन र ? तर, हाम्रो समाजले कहिले बुझ्ने यो कुरा ! सम्झिँदा पनि दिक्क लागेर आउँछ ।”

विवेकको अनुहार केही फरक देखियो । ऊ भन्न थाल्यो, “उद्यमीको उद्देश्य नाफा अधिक कमाउने हुन्छ । नाफा कमाउन ऊ हरेक क्षण प्रयत्नशील पनि हुन्छ । तर, हामी किन बिर्सिरहेका हुन्छौँ कि उसले व्यवसाय गरेबापत, नाफा कमाएबापत नियमानुसारको कर पनि तिर्नुपर्दछ भन्ने ! उसले कर तिर्छ पनि । व्यवसाय गरेर कमाउनेहरूले हजाराँैलाई रोजगारीको सिर्जना गर्छ । अरबौँ रुपैयाँ अर्थतन्त्रमा योगदान गर्छ । अनि, ती कसरी तस्कर र माफिया हुन्छन् !”

“यार, तिमीलाई एउटा कुरा थाहा छ ? हामीकहाँ प्रगति कसरी गर्ने भन्ने विषयमा कसैको ध्यानै जाँदैन । खाली अर्काले गरेकोमा डाहा गर्छन् । तिनकै बाहुल्य छ । त्यसैले यो कर्मी मौरीको सम्मान गर्ने देश होइन बुझ्यौ, यो त बसेर मह खाने ढाडेहरूको देश भएको छ !”

विवेक फेरि भन्न थाल्यो, “अब मलाई नै हेर, मैले नाङ्लाे पसलबाट व्यवसायको सुरुआत गरेँ । रात भनिनँ, दिन भनिनँ, झरी भनिनँ, घाम भनिनँ । कैयौँ वर्ष मैले पिठिउँमा भारी ओसारेर व्यापार गरेँ । पसिनाले जिउ भिजाएँ । पुँजीको महत्त्व बुझेँ । ‘सेभिङ कम्स फ्रम सेक्रिफाइस’ भन्ने बुझेँ र आफ्ना तमाम रहरहरूलाई तिलाञ्जली दिएर रकम जम्मा पारेँ । त्यसलाई सही ठाउँमा लगानी गरेर लगानी गुम्ने खतरासँग सौदाबाजी गरेँ । ठूलठूला जोखिम उठाएँ । अनि मात्रै आज उद्यमी बनेको छु । यति मिहिनेत गरेर काम गर्दा पनि तस्कर र माफिया भन्ने ? यस समाजको विकासमा मेरो कुनै योगदान छैन र ? आज मेरो उद्योगमा काम गर्ने हजाराैँ कामदारका घरमा मेरो उद्यमशीलताकै कारण चुलो बल्छ । अरबाँै रुपैयाँ राज्यलाई राजस्व तिर्छु । मेरो त्यो योगदान कम हो र ? त्यसको बदलामा समाजले मलाई दिने सम्मान माफिया र तस्करको उपमा मात्रै हो र ?”

बोल्दाबोल्दै विवेक उत्तेजित भयो । ऊ अझै भन्न थाल्यो, “धेरै मान्छे देखेको छु मेरा अगाडि मलाई नमस्ते गर्ने, जो अलि पर नपुग्दै मलाई माफिया र तस्कर भन्न थाल्छन् । तिमी आफैँ भन अर्जुन, के म माफिया, तस्कर, बिचौलिया हुँ त ? उद्यम गरेर मैले के गल्ती गरेँ ? उद्यमीविना देश बन्छ र ?”

ऊ भन्दै गयो, “हामी यसरी सोच्दा रहेनछौँ । हामी सबैलाई सानो काम मनै नपर्ने । सबैलाई रातारात धनी बन्नुपर्ने । अनि, त्यो हुन नसक्दा दुःख गरेर आएकाहरूमाथि हिलो छ्याप्नुपर्ने । कस्तो सामाजिक चरित्र बनाएका छौँ भने, अब नकारात्मकता त अनुवांशिक नै होलाजस्तो छ हाम्रो समाजमा ।

हेर अर्जुन, आज हरेक विद्यार्थी स्कुल सकिनासाथ विदेश जान्छु भन्छ । देशभित्रै बसेर केही गरौँ कसैले भन्दैन । सबैले विदेशमा गाडी चढेको मात्रै देखेका छन् । भौतिक प्रगति देखेका छन् । त्यो कसरी सम्भव भयो, त्यसका लागि कति मिहिनेत गरेका होलान् भन्नेतर्फ कसैले गम्दैनन् ।

बेलायती सहरमा मुखमा पाउरोटी च्यापेर काममा हिँडेकाहरू, जापानमा सोह्र घण्टा कामको थकानपछि कार्यस्थलमै आराम गर्नेहरू अनि अमेरिकामा सेकेन्ड समेत हेरेर पारिश्रमिक बुझ्नेलाई सोध्दा थाहा हुन्थ्यो, देश कसरी बन्छ भनेर । त्यो सम्झाउने पनि कोही छैनन् यहाँ !”

विवेकले आफ्नो कुरा फेरि अघि सारे, “स–साना चिचिला केटाकेटीले समृद्धिको लालसामा परिवार छोडेर एयरपोर्टबाट बाहिरिँदा द्रवित हुनेहरू कोही छैनन्, यो मुलुकमा ।

तिमीलाई थाहा छ अर्जुन ? बाह्र घण्टा मात्रै यहाँ काम गर्ने हो भने यतै सुन फल्छ । हामी त सुन सिरानीमा हालेर नुन खोजिरहेका अभागी हौँ । तर, त्यस्तो वातावरण बनाइदिने कसले ?”

विवेक केही बेर रोकियो, अनि भन्न थाल्यो, “उद्योग खुल्नुभन्दा अघि त्यसको बोर्डभन्दा पहिले दलीय पेसागत संगठनका झन्डा त्यहाँ गाडिन्छन् । त्यसपछि सुरु हुन्छ चन्दा आतंक । यस्तोमा कसले गरी खान सक्छ यहाँ ! विश्वविद्यालयहरू राजनीतिले थिलथिलो भई बेरोजगारहरू उत्पादन गर्ने कारखाना भएका छन् । तसर्थ, पहिले सिस्टम सुधारौँ अनि काम गर्ने हातहरूलाई स्वदेशमै रोकौँ । यति हुने हो भने मुलुक बन्न समय लाग्दैन ।” 

विवेक उत्तेजित भएर बोलिरहेको थियो । अर्जुन स्कुले विद्यार्थीझैँ शान्त सुनिरहेको थियो ।

(सैँबु, ललितपुर)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro