site stats
बाह्रखरी :: Baahrakhari
देश
बझाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या
प्रतीकारात्मक तस्बिर ।

लेकगाउँ (बझाङ) । बझाङमा खुकुरी प्रहार गरी एकजनाको हत्या गरिएको छ ।

छबिसपाथिभेरा गाउँपालिका–७, घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

Argakhachi Cement Island Ad

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दीपेश चौधरीका अनुसार शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका हुन् ।

“सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको भन्ने खबर आएको छ । हामी घटनास्थलमा गइरहेका छौँ”, चौधरीले भने ।

उनका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ । रासस

 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  २३:१९
प्रतिक्रिया दिनुहोस्