site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोका–कोला नेपालले ल्यायो ‘चिल एन विन २.०’ अभियान

काठमाडौं । कोका–कोला नेपालले ‘चिल एन विन’ को अपार सफलता पछि ‘चिल एन विन २.०’ अभियान पुनः लिएर आएको छ ।

यो क्याम्पेनले ग्राहकहरूलाई बम्पर पुरस्कारको रूपमा एउटा कार तथा साप्ताहिक रूपमा आठजनालाई मोटरसाइकल लगायतका अन्य पुरस्कारहरू जित्ने अवसर प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

दैनिक टप–अपसहित स्मार्टफोनहरू पनि प्रदान गरिने कम्पनीको भनाइ छ ।

यस अभियानमा सहभागी हुन ग्राहकले कोका–कोला, स्प्राइट वा फ्यान्टाका पेट बोतलको लेबलको पछाडि वा कुनै रिटर्नेबल ग्लास बोतलहरू (आरजीबी) को बिर्कोमुनि प्रिन्ट गरिएको युनिक कोड एसएमएस गर्नुपर्नेछ ।  

यी कोडहरू ‘चिल एन विन २.०’ क्याम्पेनको वेबसाइटमा पनि पठाउन सकिने बताइएको छ । एसएमएसमार्फत इन्टर गर्न, सहभागीहरूले मेसेज बक्समा <COKE><SPACE><LABEL युनिक कोड><SPACE><FULL NAME> टाइप गरी ३४००१ मा एसएमएस पठाउनु पर्नेहुन्छ ।

यसको विकल्पमा ग्राहकहरूले लेबलमा रहेको विशेष क्यूआर कोड स्क्यान गर्न पनि सक्नेछन् । प्रत्येक दिन एक भाग्यशाली विजेतालाई रोमाञ्चक अफरहरू प्रदान गरिने बताइएको छ ।

‘चिल एन विन २.०’ क्याम्पेन १ सेप्टेम्बर २०२३ मा सुरु भइ ३१ अक्टोबरसम्म चल्नेछ ।

नेपालमा कोका–कोलाले यस किसिमको क्याम्पेन ल्याएको यो पहिलो पटक भने होइन । कोका–कोला नेपालले आफ्ना ग्राहकहरूलाई रोमाञ्चक र आकर्षक दुवै किसिमक अभियानहरू प्रदान गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro