site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षलाई केन्द्रीय समिति बैठकमा आमन्त्रित गर्नुपर्छ : उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलियाले भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रमुखहरूलाई आमन्त्रित सदस्यको रूपमा केन्द्रीय समिति बैठकमा बोलाउनुपर्ने धारणा राखेकी छन् ।

पार्टीको दोस्रो दिनको केन्द्रीय समिति बैठकमा शुक्रबार बोल्दै उनीहरूलाई बोलाएर संगठनको रिपोर्ट लिने र उनीहरूको कुरा राख्ने अवसर दिइनुपर्ने प्रस्ताव राखेकी हुन् ।

Dabur Nepal
NIC Asia

“भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्षहरूलाई पदेनभन्दा पनि आमन्त्रित सदस्यको रूपमा बोलाएर राख्ने अवसर दिनुपर्छ भन्ने प्रस्ताव राख्न चाहन्छु । यसले संगठनलाई राम्रै गर्छ भन्ने लाग्छ,” उनले भनिन् ।

केन्द्रीय सदस्य थपलियाले स्थानीय तहमा जनप्रतिनिधि र पार्टीबीच समन्वयको अभाव भएको भन्दै विशेष अभियान सञ्चालनको खाँचो औल्याइन् । उनले समुदायमा कांग्रेस भनेजस्तै केही नाम दिएर समन्वायत्मक कार्यक्रम पार्टीले थप गर्नुपर्ने धारणा राखिन् ।

“स्थानिय तहमा जनप्रतिनिधि र र पार्टीबीच खाडल बनेको छ । त्यसमा नेपाली कांग्रेसले छुट्टै कार्यक्रम तय गरेर तीनै तहको जनप्रतिनिधि राखेर बहस नगराएर समस्या बढ्छ,” उनले भनिन् ।

युवा विदेशी पलायनले नेपालमा मृत शरीरले सन्तान कुरेर बस्नुपर्ने दिन आएको भन्दै युवालाई नेपालमा भविष्य देखाउन कांग्रेसले चिन्ता गर्न आवश्यक भएको धारणा उनको थियो ।

“महंगीको आगो बलेको छ । विदेश जाने युवाको संख्या बढेको छ,” उनले भनिन्, “अस्ति भर्खर संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङज्यूको शरीरले तीन दिन आफ्नो छोरा कुरेर बस्यो । त्यस्तो हामी सबैको अभिभावकको दिन नआउला भन्न सकिन्न ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १८:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro