देश
काठमाडौं । नेपालमा डेंगी संक्रमितको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखाको तथ्यांक अनुसार यो वर्ष जनवरीयता हालसम्म २८ हजार नौ जनामा संक्रमण पुष्टि भएको छ ।
डेंगीबाट जुलाइयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा २० हजार ९५० जना संक्रमित भएका छन् । त्यस्तै, वाग्मतीमा ४ हजार २५२, मधेसमा ५६४, गण्डकीमा ८७९, लुम्बिनीमा ४६८, कर्णालीमा ७४ र सुदूरपश्चिममा ८२२ जनामा संक्रमण पुष्टि भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लामा ९१७ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० ११:२७
प्रतिक्रिया दिनुहोस्