site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्री श्रेष्ठलाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आन्दोलनरत शिक्षकसँग वार्ता गर्ने जिम्मा गृहमन्त्रीले पाएका छन् । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काका अनुसार शिक्षकहरूले शिक्षमन्त्रीसँग वार्ता नगर्ने अडान राखेपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जिम्मा दिइएको हो । 

नेपाली कांग्रेसका उपसभापति समेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा यसको जानकारी गराएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

शिक्षकहरूले आवश्यकताभन्दा धेरै सर्त राखिरहेको बताएका खड्काले कांग्रेस केन्द्रीय समिति बैठकमा आफूले राखेको कुरा बाहिर नआओस् भन्दै धारणा राखेका थिए । तर, नजिक बसेकाहरूले बैठक लाइभ भएको जानकारी गराएपछि बाहिर राख्न सहज हुने विषय मात्र राखेका थिए ।

“उहाँहरूसँग शिक्षा दिवसका दिन मेरो भेटघाट भएको थियो । प्रधानमन्त्री नभएकाले शिक्षा दिवसको कार्यक्रममा म नै गएको थिए । मैले त्यहाँ गुरुहरू आन्दोलनमा हुनुहुन्छ । अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पुरा गर्न सकिन्छ भनेको थिए,” रक्षमन्त्री खड्काले भने, “हामीले संविधान दिवसको दिन विज्ञप्ति जारी गरेर महासंघका नेताहरूलाई शिक्षा सचिवले ह्वाट्सएपमा पठाउनुभएको थियो । तर, उहाँहरू वार्ताका लागि तयार हुनु भएन ।” 

Global Ime bank

उनले यति भनिसक्दा बैठक लाइभ भएको थाहा पाएपछि शिक्षकहरूको आन्दोलन पूर्वनिर्धारित भएकाले वार्तामा नआएको हुनसक्ने बताए । 

उनले त्यसपछि आफूले वार्ता गरेको भन्दै त्यो वार्ता पछि शिक्षकहरूले मन्त्रीसँग वार्ता नगर्ने सर्त राखेको बताए । 

“उपप्रधानमन्त्रीसँग वार्ता गरिसकेपछि अब मन्त्रीसँग वार्ता हुँदैन भन्नुभयो,” खड्काले भने, “त्यसपछि मैले नै प्रधानमन्त्रीसँग कुरा राखे र वार्ता गर्ने जिम्मा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पाउनुभएको छ ।” 

उनले अबको वार्ता श्रेष्ठकै नेतृत्वमा हुने जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय